Loading... आजः १४ बैशाख २०८१, शुक्रबार

अविरल वर्षाका कारण अवरुद्ध कर्णाली राजमार्ग खुल्याे

कालिकाेट– जिते देखि नाग्म सम्म अवरुद्ध भएकाे कर्णाली राजमार्ग आजदेखि खुलेकाे छ । नेपाली सेना, ससस्त्र,जिल्ला प्रशासन कार्यालय, स्थानिय सरकार लगाएत सडक डिभिजनकाे पहलमा ड्रिल मेसिन ल्याएर ढुङ्गा फुताएर राजमार्ग खुलेकाे हाे ।

हिजाे ४ बजे देखि सडक पन्छाउन सुरु भएता पनि राति ड्रिल मेसिनले प्वाल पारि बलास्टन गरेकाे खाँडाचक्र नगरपालिका नगरप्रमुख जसिप्रसाद पाण्डेले बताए । उनले भने, बर्षाका कारण अवरुद्ध कर्णाली राजमार्गमा ठुला दुई वटा ढुङ्गा अाएका कारण अवरुद्ध भएकाे हाे । हिजाे विहानदेखि खुलाउने प्रयास गर्याे २ डाेजर लगाएर अाज विहानबाट राजमार्ग खुलेकाे नगर प्रमुख पाण्डेले बताए ।

कालिकाेटमा अविरल बर्षाका कारण जति ठाउँमा क्षेति भएकाे छ राहतकाे पहल गर्ने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताए । उनले भने, वाडि पहिराेबाट मृत्यु भएका परिवारलाई प्रदेश सरकारबाट राहतकाे व्यावस्था गराउने जानकारि दिएका छन् ।