Loading... आजः १४ बैशाख २०८१, शुक्रबार

नेपाली कांग्रेसकाे १४औं महाधिवेशन सम्पन,७ सय ७१ मत मध्ये ७ सय ५४ मत खस्याे

सुर्खेत – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत कर्णालीमा भएको निर्वाचनमा मतदान सकिएकाे छ ।

शनिबार बिहान १२ बजेदेखि मतदान सुरु गर्ने भनिए पनि दिउँसो साढे दुई बजेपछि सुरु भएको थियाे । उक्त मतदान प्रक्रिया बेलुका ८ बजे सकिएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार, ७ सय ७१ मत मध्ये ७ सय ५४ मत खसेको छ । मतदान प्रक्रिया सम्पन्नसँगै राती १० बजेबाट मतगणना सुरु हुने भएको चिर्वाचन समितिले जनाएको छ ।

सभापतिकाे लागि त्रिपक्षीय समूह बीच भिडन्त भएको छ । जसमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा समूहबाट जुम्लाका ललितगङ्ग शाही, वरिष्ठ नेता रामचन्द्र पाैडेल समूहबाट कालिकोटका भुपेन्द्रजङ्ग शाही र विमेलन्द्र निधि समूहबाट कालिकोटका माेतिराज बम रहेका छन् ।

सभापतिदेखि सदस्यसम्म गरेर ५१ जना उम्मेद्वार छन् । जसमध्ये चार जना निर्विरोध छन् । भने ४७ जनालाई मतदान गरिएको छ ।