पाँच वर्षमा विकासले फेरीयाे
कालिकोट — स्थानिय सरकार संचालन भएको पाँच वर्ष सम्म पलाँता गाउँपालिका विकासले फेरीएको छ । जिल्लाका ९ वटा पालिका मध्य विकासले पछाडी परेको पलाँता पाँच वर्ष पुग्नै लाग्दा सम्म हरेक चुनौतिको सामाना गर्दै पलाँता विकासले फेरीएको देखिन्छ । रोक भोग, शिक्षा स्वास्थ्यको पँहुचबाट टाढै रहेको भौगोलिक हिसावले निकै कठिन पलाँता अहिले संघियता पछी विकासले फेरीएको हो ।
जिल्ला सदरमुकाम देखी २ दिनको पैदोल यात्रा गरेर पुगिने पलाँतामा सडक संञ्जाल पुगेको छ । सामान्य व्यथा बिराम लाग्दा समेत सिटामोल समेत नपाइने पलाँतामा अहिले गाउँपालिकाको अस्पताल देखी प्रत्येक वडापालिकामा स्वास्थ्य इकाई केन्द्र, अध्यारोमै जिवन चलाउन वाध्य पालाँतावासीले अहिले घर घरमै बत्ती बाल्न पाएका छन ।
कृषिमा आलु पकेट , सिमि पकेट , लसुन पकेट क्षेत्र घोषणा गरि उत्पादन गरी स्थानिय बवारमै पुगने गरी वजारीकरण भइरहेको छ ।खोला तड्बन्धन पहिरो तड्बन्धन गरेर कृषि योग्य जमिन सुरक्षित गरेको अध्यक्ष बामले बताए ।
पलाँतामा पाँच वर्षसम्म भएका मुख्य उपलब्धीहरु
स्वास्थ्य क्षत्रमा ७ वटा ईकाई र ५ वटा बर्थिङ सेन्टर र पलाँता अस्पताल गाउँपालिकाकै बजेटमा स्थापना गरि सिटामोल नपाउने नागरिकलाई चिकित्सक सेवा गराएकाे छ । संचारको क्षेत्रमा स्थानिय तहकै पहिलो पलाँता एफ एम संचालन भएकाे हाे । शिक्षामा ५ वटा पक्कि भबन ३१ वटा बिद्यालय मर्मत १८ वटा सुबिधाजन्य शौचालय , खेल मैदान गरेर भौतिक संरचनामा सुधार साथै ५ वटा माध्यामिक विद्यालयमा बाट प्रत्येक वडामा मा.बि स्थापना गरेर ९ वटा मा.बिमा पुस्तकालय,कम्युटर ल्याप, बिज्ञान प्रयोगशाला , कृषि बिषय समाबेस एक बस्ति एक बालशिक्षा नीति अनुसार २१ वटा वालशिक्षा स्थापना , अङ्ग्रेजी माध्यम ९ वटा बिद्यालय लाई साथै सडक बालबालिका , बिपन्न सहिद परिवारका टुहुरा र शिक्षा पहुँच बाहिर रहेका बालबालिकालाई आबासको ब्यबस्थापनका लागि गापाकै लगानिमा सहिद स्मृति आबाशालय संचालनमा ल्याएको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताएका छन । उनले भने, स्थानिय सरकार आएसंगै भष्टचार मौलाएको भनेर पनी कतै सुनिन्छ ।तर,कालिकोटकै विकट विकासले पछाडी परेको पलाँतामा ५ वर्ष सम्म गरेको उपलव्धीलाई हेर्ने हो भने पलाँता फेरीएको देखिन्छ ।
सडक संञ्जालले घेरिएकाे पलाँता
जिरो प्वाइन्ट सुरु गरेर र प्रथम मुख्यमन्त्रि महेन्द्र ब शाहि र खेम ब सिंहको विशेष सहयोगमा थिर्पु देखि राडु , ओदि देखि उखाडि र बेल्केढुङ्गाबाट पारौटि अङ्गाउ सुनबाडा सम्म र मोहोर देखि तिप्गाड सम्म सडक निर्माण ७५ किलो मिटर ट्रयाक खनेर जिप र ट्याक्टर संचालनमा ल्याएर ३० केजि मा खच्चर बाट सामान बोकाउने ठाउँमा ३ केजिमा सामान पुगाउन सफल भएका छौँ ।अहिले सम्म पलाँतामा जम्मा ७० प्रतिशत सडक खनिएको छ ।
दुर्गम मानिने पलाँताकाे कुना कुनामा नागरिकहरु विद्युतमा आत्मानिर्भर
पलाँता गाउँपालिका विद्युतमा आत्मानिर्भर बनेको छ । बिद्युतमा ६ वटा आयोजना निर्माण गरी पालिकामा २ सय ५० किलोवाट बिद्धुत उत्पादन गरी विद्युतमा आत्मानिर्भर बनाएका छौँ । साथै केही वडामा लाइन विस्तार गरेका छाैँ । पालिकालाई बत्ती पुगेर फाला फाल बत्तीको अन्य पालिकालाई बेच्ने तयारीमा छौँ ।
यस्तै विभिन्न खोलामा हालिएका काठका पुलहरु विस्तापित गरी आवश्यकता अनुसार झोलंगे पुलदेखी मोटरेवल पुल निर्माण गरी जोखिमपुर्ण यात्रा सहज बनाएका छौँ । आवत जावतमा मा अप्ठ्यारो परेको खोलामा काठेपुलबाट धेरैले ज्यान गुमाएको ले काठेपुल बिस्थापन गरि खुम्ला , भुचि , नुवारे , दाम्डि, छहडि , उखाडि जाँफे र बेल्केढुङ्गामा झुलङ्गे पुल संचालन गरेका छौँ ।
एक घर एक धारा सिचाँइमा आत्मानिर्भर
सिचाइमा किच खिन सिचाई बृहत् आयोजना जो ११ कडोडमा सम्पन्न हुने आयोजना निर्णमाधिन अबस्थामा छ भने गाउँपालिकाको ६ करोड लगानि गरेर ६० प्रतिशत काम सम्पन्न गरेका छौ । अधुरो रहेको धुरा सिचाई सम्पन्न गरेका छौ, फागोटि , नुवारे धन्दर , खिर्पि , लुमधुरु, सल्लिको पुलाहाँ र डोरिमा पक्कि नहर निरमाण गरेर पदाला स्थापन गरेका छौ । पुलाँहा ,चिनारासि खाडा , तल्सेरि बान्जाडा,धौलागोह बृहत् खानेपानि , किच खिन , फागोटि , दैनिक ,पारौटि , माथिल्लो दलितटोल, सुनबाडा , आडिबाडा नाईबाडा बोक्चु सिर्स देहेडु , नुवारे लखनबाडा र झ्याम्छडि बालुवा खानेपानी केही सम्पन्न र केही निर्माणाधीन रहेका छन । एक हजार ३ सय ६५ घरमा मिटर सहितको धारा बितरण गरिसकेका छौ भने बाँकि आयोजनामा ट्याङ्की सम्म पानी झारेर धारा बितरणको प्रकृयामा छौँ ।
पलाँताकाे कृषि क्षेत्रमा उल्लेखनिय कार्य
वडा न १ देखि ९ सम्म माथिल्लो भागमा स्याउ , नस्पाती , ओखर , बिच भागमा टिमुर ,सुन्तला , कागति र तल्लो भागमा केरा , आँप , अंगुर , अम्बा जस्ता बर्सेनि १ लाख बिरुवा गरि चार बर्षामा चार लाख बिरुवा बितरण गरेका छौ ।
कृषिमा आलु पकेट , सिमि पकेट , लसुन पकेट क्षेत्र घोषणा गरि उत्पादन गरी स्थानिय बवारमै पुगने गरी वजारीकरण भइरहेको छ ।खोला तड्बन्धन पहिरो तड्बन्धन गरेर कृषि योग्य जमिन सुरक्षित गरेको अध्यक्ष बामले बताए ।









ई-कर्णाली खबर
१९ माघ २०७८, बुधबार १४:४९