Loading... आजः २१ बैशाख २०८१, शुक्रबार

देउवा प्रधानमन्त्री भएपछि पहिलोपटक भेट्न ओली बालुवाटार जाँदै

काठमाडाैँ-प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष नेता केपी शर्मा ओलीबाट भेटवार्ता हुने भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न आइतबार अपरान्ह ४ बजे अध्यक्ष ओली बालुवाटार जाने भएका हुन् ।

अध्यक्ष ओलीका प्रेस विज्ञ रामशरण बजगाइँका​ अनुसार समसामयिक विषयमा छलफल हुने छ । शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका ओलीले  आज देउवासँग भेटवार्ता गर्न लागेका हुन् ।

देउवा प्रधानमन्त्री भएपछि पहिलोपटक ओली बालुवाटार जाँदैछन् । प्रधानमन्त्रीबाट बहिगर्मनपछि असार ३० गते ओलीले बालुवाटार छोडेका थिए । यसअघि पुस २४ गते ओलीलाई भेट्न देउवा बालकोट पुगेका थिए । त्यसपछि पहिलो पटक देउवा र ओलीबीच भेटवार्ता हुँदैछ ।