Loading... आजः १८ बैशाख २०८१, मंगलवार

कर्णाली सरकारले पायो पूर्णता

सुर्खेत – कर्णाली प्रदेश सरकारले गठन भएको तीनमहिनापछि पूर्णता पाएको छ । जीवनबहादुर शाहीले मुख्यमन्त्रीका रुपमा कात्तिक १६ गते सपथग्रहण गरेपछि तीन महिनापछि पूर्णता दिएका हुन् । नवनियुक्त मन्त्रीहरुले आइतबार नै पद तथा गोपनियताको सपथ लिएका छन् । कांग्रेसबाट दुई, माओवादी केन्द्रबाट दुई र समाजवादीबाट एकजना मन्त्री नियुक्त भएका छन् ।

माओवादीबाट मन्त्री बनेका कार्चेन लामा मुर्ति चाेरी आरोपमा सजाय पाएका व्यक्ति हुन् । उनी गैरसांसद हुन् । आज कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट यज्ञबहादुर बिसी (सामाजिक विकास मन्त्रालय) हिमबहादुर शाही (आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएका छन् । यस्तै नेकपा माओवादी केन्द्रबाट गणेशप्रसाद सिंह जलस्रोत तथा उर्जा र कार्चेन लामा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका छन् ।