Loading... आजः २० बैशाख २०८१, बिहीबार

कर्णाली प्रदेश सरकार विस्तार समावेशी विपरीत, मुर्ति चोरलाई पुरस्कृतगरियो : कांग्रेस नेता शाही

संघीयताको मर्म विपरीत मन्त्रिपरिषद् विस्तार

कालिकाेट– नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले आइतबार भएको कर्णाली मन्त्रिपरिषद्को विषयलाई लिएर कडा टिप्पणी गरेका छन् । शाहीले कांग्रेसकै मुख्यमन्त्री जीवनबहादुर शाही नेतृत्वको सरकारले संघीयताको मर्म विपरीत मन्त्रिपरिषद् विस्तार गरेको टिप्पणी गरेका हुन् ।

मुर्ति चोरेको आरोपमा सजाएँ पाएका माओवादी केन्द्रका नेता डम्डोल लामा (कार्चेन)मन्त्री बनेका छन् । उनी सांसद पनि होइन । सांसद नभएको व्यक्ति ६ महिना मन्त्री बन्न पाउने व्यवस्था छ । त्यस्तै शाहीले आगामी निर्वाचनमा नेपाली कांग्रेसले तीनै तह जित्ने आधारमा पनि मुख्यमन्त्री शाहीले निर्मम प्रहार गरेको आरोप पनि लगाएका छन् ।

‘कर्णाली प्रदेश सरकार विस्तार समावेशी विपरीत, मुर्ति चोरलाई पुरस्कृत, एकपक्षीय, गुटगत र पार्टीको आन्तरिक एकताविरुद्ध छ। प्रदेश कार्यसमिति र पार्टिको साझा भावानालाइ अवमूल्यन गरी एकलौटी नियुक्ति गर्नु विधि, विधान, संविधानको भावना तथा संघीयताको मर्म विपरीत चरम एकपक्षीय छ,’ उनले भने, ‘यसले गर्दा नराम्रो सन्देश गएको छ।

काङ्ग्रेसका तमाम नेता कार्यकर्तालाइ दुखित तुल्यायको छ ।आगामी तीनै तहको निर्वाचनमा कांग्रेस जित्ने बलियो आधारमा निर्मम प्रहार गरेको छ।’