Loading... आजः १७ बैशाख २०८१, सोमबार

नेपाली काँग्रेस पचालझरना १ का नेता बोगटी काँग्रेसमै फर्किए

कालिकोट – नेपाली काँग्रेस पचालझरना गाउपालिका वडा नं १ का नेता दानसिंह बोगटी काँग्रेसमै फर्किएका छन । उनी २०७४ सालको स्थानिय तहको निर्बाचनमा पचालझरना गाउपालिका वडा नं १ मा पराजित वडा अध्यक्ष हुन ।

केही समय अगाडि नेकपा माओबादी केन्द्रले माओबादीमा प्रवेश गरेको भनेर फैलाईको हल्ला भ्रम मात्र भएको उनले बताए ।

पचालझरना गाउपालिका सभापती प्रजापति संज्यालको सभापतित्वमा भएको बैठकमा नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य बिस्नप्रसाद न्यौपाने, टेक बहादुर बोगटी, सुमित्रा बम, कुर्म बम लगायत पालिका कार्यसमिति, वडा सभापति, पदाधिकारी लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

बैठकले आगामी स्थानिय तहको निर्बाचनमा काँग्रेसलाई बिजयी बनाउन सबै संरचनाहरु सक्रिय हुने र पचालझरनाका ९ वटै वडामा कम्युनिष्टका कार्यकर्ताहरुले गरेको भ्रष्ट्राचारको भण्डाफोर गरि कानुनी उपचार गर्ने निर्णय पनि गरेको छ ।