Loading... आजः २५ मंसिर २०८१, मंगलवार

दुई वर्ष बित्दापनी अझै भएन कालिकोटका पहिरो पिडितको पहिचान

कालिकोट — घटना घटेको दुई वर्ष बित्दापनी अझै कालिकोटका बाढि पहिरो पिडितको पहिचान हुन सकेको छैन । २०७७ सालदेखी ७९ सालसम्मका बाढि पहिरोबाट घरवार विहिन भएका कालिकोटका पहिरो पिडितको स्थानिय सरकारले अझैपनी पहिचान गर्न सकेको छैन । जिल्ला प्रशासन कार्यालय कालिकोटले पटक पटक विपतबाट क्षति व्यहोर्नु परेका पिडितहरुको विवरण माग गर्दापनी अझै स्थानिय सरकारले पिडितको वास्तविक विवरण नपठाउदा दुई वर्ष सम्म पिडितले राहत पाउन नसकेका हुन ।

जिल्ला विपत व्यवस्थापन समिती कालिकोटको सोमवार वसेको वैठकमा ९ वटै स्थानिय तहका प्रमुखहरू, राजनिती दल, सरोकारवाला तथा पत्रकाहरूको उपस्थितमा वैठकमा यस्तो कुरो वाहिर आएको हो । विषेश गरी बाढि पहिरो, आगलागी जस्ता विपतबाट क्षती भएका घरधुरीको यथार्त विवरण स्थानिय तहहरुले नपठाउदा पिडितले अझैसम्म राहत नपाएको सहभागिहरुले आरोप लगाएका छन । विपतबाट क्षतीग्रसत भएकाहरको सरकारले एक वर्ष अगाढीनै कार्यविधी पठाइसकेको थियो। घटना घटेको दुईसम्म पनी जन्ताको नजिक रहेको स्थानिय सरकारले पिडितको पहिचानै सम्म गर्न नसकेको प्रती सहभागिहरुले स्थानिय सरकार गैर जिम्मेवार रहेको आरोप समेत लगाए ।

कार्यविधीमा गाउँपालिकाले १० प्रतिशत नगरपालिकाको हकमा १५ प्रतिशत, प्रदेश सरकारबाट ३० प्रतिशत र वाँकी संघिय सरकार माफृत वजेट गरी पिडितलाई राहत तथा भत्केका घरहरुको पुननिर्माण गर्नु पर्ने भएतापनी अहिले सम्म पिडितको विवरणनै आउन नसकेको जिल्ला विपत व्यवस्थापन समितिले जनाएको छ । संघिय सरकारबाट पहिलो किस्ताको लागी ४ करोड २६ लाख समितिको खातामा आएपनी स्थानिय र प्रदेश सरकारबाट नआएको र पिडितको वास्तविक विवरण नआएकाले पिडितले राहत पाउन नसकेको सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्रप्रसाद श्रेष्ठले बताए । श्रेष्ठले भने, कार्यविधीमा स्थानिय तहहरूका वडाध्यक्षको शिफारिश र प्रवाविधिक रिर्पोटलाई आधारमानी स्थानिय तहको विपत व्यवस्थापन समितिले निर्णय गरि पठाउनु पर्ने भनिएको छ । तर, अहिले सम्म यहाँका ९ वटा स्थानिय तहमध्य नरहरीनाथ गाउँपालिका र शुभकालिका गाउँपाकिला वाहेक अन्य स्थानिय तहहरुले पिडितको वास्तविक विवरण पठाउन नसक्दा पहिलो किस्ताको घर बनाउने रुपैँया पिडितले नपाएको बताए ।

९ वटै स्थानिय तहहरू भन्दा सवैभन्दा बढि नरहरिनाथमा फाईनल मर्मत गर्ने ५ जना र २३ घर पुर्णरूपमा क्षति पुननिर्माण गरिनु पर्ने जनाईएको छ । यस्तै शुभकालिका गाउँपालिकामा ४ जना निर्मलिकरण र २१ घर पुननिर्माण गर्नु पर्ने देखिन्छ । पचालझरनामा ५० जना , रास्कोटमा ३ सय ७० पहिलो चरणमा विवरण आएको देखिन्छ । वैठकमा नेपाली कांग्रेसका नेता दमनबहादुर शाहीले वाढि पहिरोपिडित लाई २ वर्षसम्म पनि पिडितको पहिचान हुन नसक्नु जन्ताको नजिक रहेको स्थानिय सरकारले चासो नदिनु दुःखत कुरो भएको बताए ।पहिरो घरवार विहिन अवस्थाका पिडित छिमेकिको घरमा वत लागेर वस्न बाध्य हुदासम्म पनि पिडितको पहिचान नहुनु कमजोरि रहेको बताए । विपतमा तत्काल उद्वारा र राहत पाउनु पर्ने भएतापनि अहिले २ वर्षसम्म बाढि पहिरो पिडितले राहत नपाउनु स्थानिय सरकारको कमजोरि रहेको औँल्याएका थिए ।पिडितकै लागि विपतको खातामा आएको लामो समय हुदापनि स्थानिय सरकारले व्यहोर्नु पर्ने १५ प्रतिशत र स्थानिय सरकार गैर जिम्मेवार रहेको बताएका थिए ।

वैठकमा नरहरिनाथ गाउँपालिका अध्यक्ष धिरबहादुर विष्टले घर भत्किदा वितिकै पिडितले तत्काल आफै घर निर्माण गरिसकेकाले यसमा सरकारि मापदण्डमा नभएकाले समस्य आएको बताउदै प्रदेश सरकारले २६ लाख पठाएको रकम ५० हजारका दरले फाईनल विवरणमा परेकालाई वितरण गरिसकेको बताए । यस्तै तिलागुफा नगरपालिका ४ राचुलिमा आगलागिबाट १३ घर जलेर नष्ट भएको थियो। आगलागि क्षेत्रमा पुगेका तत्कालिन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हेलिकप्टर चार्टर गरि पिडितलाई राहतको आश्ववासन दिएपनि अहिले सम्म राहत नपाएको गुनासो गरेका छन । वैठकमा अधिकांश सहभागिहरूले वाढि पहिरो पिडितको पहिचान नहुनु स्थानिय सरकार गैर जिम्मेवार रहेको आरोप लगाएका छन ।

घटना घटेको दुई वर्षपुग्न लाग्दा पिडितले सरकारबाट आश्वासन मात्र पाएको राहत पाउन नसकेको रास्कोट १ का पहिरो पिडित धनगिरि शाहीले गुनासो गरे । उनले भने, ‘ घटना घट्दाखेरि हेलिकप्टरमा मुख्यमन्त्री पुगेर ५ किलो चामल दिए । घर बनाउने आश्वासन दिएर गए फेरि फर्किएनन् । हामि छिमेकीको घरमा बसेका छौँ ।नजिकको स्थानिय सरकारले पनि देखेको छैन हाम्रो पिढा ।अव चुनाव आउन लाग्यो हाम्रो कहालिलाग्दो पिढा देख्छनकि? स्थानिय सरकारले अव पिडितको विवरण तिनपटक सम्म संकलन गरेर फाईनल विवरण पठाउनेबताए । पचालझरना गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले गाउँपालिकाले दिनु पर्ने रकम जुटाएको तर, वास्तविक पिडितहरूको विभिन किसिमले फाईनल विवरण जुटाउन नसकेको बताए ।

२०७७ सालमा ४ सय बढि पिडितको तथ्यांक संकलन अन्तिम चरणमा पुगेको बताए । यसैगरि शान्नि त्रिवेणि गाउँपालिका अध्यक्ष डम्बर बहादुर शाहीले वडा नम्बर ७ को वस्तिनै जोखिममा छ ।२०४ घरधुरि मा क्षति पुराएको बताउदै केहिले आफै घर बनाएर बसिसकेकाले अहिलेको कार्यविधि ले समस्या गरेको बताए ।

यस्तै रास्टकोट नगरपालिका प्रमुख काशिचन्द वरालले स्थानिय सरकाले मात्र पहिरो पिडितको समस्या सावधान गर्ने नसक्ने भएकाले प्रदेश र संघिय सरकारको प्रतिक्षामा वस्दै गर्दा बल्ल वजेट आएको बताए । पिडितको विवरण पहिलेनै पठाईसकेको तर, केहि थप हुदै गएको वास्तविक पिडितको खाेजि गर्दागर्दै ढिला सुस्ति भएको बतनउदै तिनै सरकारको समन्वय नहुदा यो समस्या आयको बताए । १०७ घर प्रदेश सरकारले सहयोग गरेर घर निर्माण गरिसकेको बताए । विपतमा घरवार विहिन भएकालाई सरसापट गरेर घर बनाउन भनौ तर, घर पिडितले आफै बनाए तर, कार्यविधिले निजि लगानिमा बनाएका घरलाई वजेट नदिने भएपछि कार्यविधि परिवर्तन गरेर भएरपनि समस्याको सावधान गर्नु पर्ने बताए ।