Loading... आजः २१ बैशाख २०८१, शुक्रबार
उत्कृष्ट कार्यसम्पादनमा जिल्लाकै पहिलो

कार्यसम्पादन मूल्यांकनमा कर्णाली प्रदेशकै तेस्रो शुभकालिका

कालिकोट – जिल्लाको शुभकालिका गाउँपालिका कार्यसम्पादनमा कालिकोट जिल्लाको पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकनमा जिल्लाको शुभकालिका गाउँपालिका पहिलो बनेको हो ।

आयोगले आव ०७९/ ८० का लागि स्थानीय सरकारलाई प्रदान गरिने समानीकरण अनुदानतर्फ स्थानीय तहको कार्यसम्पादन मूल्यांकनको लागी तोकिएका ११ वटा सुचकमा प्राप्त गरेको अंकसहितको प्रतिवेदन १८ फागुनमा सार्वजनिक गरेको थियो । सोही प्रतिवेदनअनुसार कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये शुभकालिका गाउँपालिका कर्णाली प्रदेशकै तेस्रो भएको छ भने कालिकोट जिल्लाको पहिलो भएको छ । ७० दशमलब ४६ अंक ल्याएको हाे ।

गाउँपालिका अध्यक्ष खडानन्द चाैलागाँईका अनुसार मुख्य क्रियाकलापहरु, “शुभकालिका गाउँपालिकाले प्रबिधिमैत्रि बिद्यालय अन्तरगत प्रत्येक बिद्यालयलाई ल्यापटप, प्रोजेक्टर,कम्प्युटर बितरण,पोषण मैत्रीगाउँपालिका अनन्तरगत सुत्केरी तथा नवजातलाई पोषिलो पिठो अण्डा शुद्ध खानेपानि को लागि फील्टर बितरण र सार्वजनिक कार्यालयमा पोषण कर्नर स्थापना, रेडियो शुभकालिकाको स्थापना, किशोरी संग उपाध्यक्ष ,अध्यक्ष जनता आवास कार्यक्रम, ५ वटा भैसि तथा ५० वटा बाख्रा पाल्ने किसानलाई भत्ता वितरण, कृषि क्षेत्रमा पकेट जोन तथा ब्लक स्थापन गरी सञ्चालन, बिपन्न तथा न्युन आय भयका र दलित समुदायमा निशुल्क सोलार बितरण ,शुभकालिका गाउपालिका लाई सरसफाई युक्त पालिका बनाउन एक घर एक धारा कार्यक्रम लागु गरेको, प्रत्येक वडामा स्वास्थ्य शेवाको पहँच पुर्याउन स्वास्थ्य ईकाई स्थापना र संचालन गरेकाे,महादेव मा.बी राराकाटीयामा प्राविधिक शिक्षा सुरुवात गरेको , बिस बर्ष पुगेपछि मात्र बिवाह गर्ने किशोरीलाई रु ५ हजार पुरस्कारका साथै बिद्यालयस्तरका छात्रालाई छात्रवृत्ति “ लगायतका महत्वपूर्ण काम गरेका कारण शुभकालिका गाउपालिका कार्यसम्पादनमा जिल्लाकै पहिलो बनेको शुभकालिका शुभकालिका गाउँपालिकाका खडानन्द चोैलागाईले बताए ।

साथै उनका अनुसार शुभकालिका गाउँपालिकाको वडा नं १ र ५ बाहेकप्रत्येक वडामा मोटरबाटो पुगेको छ । प्रत्येक घरमा एक घर एक घारोको व्यवस्था गरेको बताए । प्रत्येक विद्यालयमा भूकम्प प्रतिरोधी संरचनाको विकास गरेको र शुभकालिका गाउपालिकाको वडा नं ८ मा रहेको भलेटागाड लघु जलबिद्युत आयोजना तथा वडा नं ६ मा रहेको हाउडीगाड लघुजलबिद्युत आयोजनाबाट २ वडा बिद्युतीकरण भयको बताएका छन् । अन्य वडामा राष्ट्रीय प्रसारण लाईन बिस्तारको क्रममा चलिरहेकाे बताउदै अध्यक्ष चाैलागाँईले कोभिड–१९ बाट नागरिककलाई बचाउन गाउपालिका अग्रपंतीमा रहेर काम गरेको र राराकाटीयामा बिशेषज्ञ डाक्टरबाट सेवा दियको उनकाे भनाई छ ।

शुभकालिकाले पर्यटकीय क्षेत्रको विकास तथा विस्तारका लागि पर्यटकीय क्षेत्र मेहेले रन्नाउले हाउडी देवलडाँडा हुदै कोट सम्म सडकबाटोको विस्तार गरेको छ । गाउपालिकाले पुराना काठेपुल र तुइन लाई बिस्थापन गर्दै साना खोला र नदी मा आधुनिक झोलुगें पुल बिस्तार गरीसकेको शुभकालिका गाउपालिकाका उपाध्यक्ष पम्फा शाही ले बताइन ।

शुभकालिकाले  गाउपालिका कर्णाली प्रदेशमै कार्यसम्पादन मा दोस्रो र कालिकोट जिल्लाकै पहिलो हुनु खुसिको कुरा भयको बताउदै यसमा सम्पुर्ण को साथ र सहयोग रहेको शुभकालिका गाउँपालिकाका लेखा प्रमुख सर्पानन्द उपाध्यायले बताए । उनले भने गाउँपालिकामा बनेका निती नियमको पुर्ण कार्यन्वयन र जनप्रतीनीधीहरुको सहयोग र स्थानियबासिको हौषला ले कामगर्न सहजभयकै कारण उत्कृष्ट कार्यसम्पादन गर्न सफल भयको बताए । अहिले शुभकालिका गाउपालिकामा सुत्र को पुर्णपालना हुनुकासाथै सम्पुण कारोबारो बिद्युतीय लेखा प्रणालिबाट भइरहेको उपाध्यायकाे भनाई छ । कार्यसम्पादनमा उत्कृष्ट हुदा काममा थप हौसला प्रदान भयको र आगामीदिनमा अझधेरै जोस र जांगरका साथ कामगर्ने मन लागेको लेखा प्रमुख उपाध्यायले बताए ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत केन्द्र बहादुर शाहीले गाउँपालिकाकाे लागि धेरै खुसिकाेकुरा भएकाले कर्मचारीहरुमा थप जाँगर पलाएकाे बताउदै आगामी दिनमा अझ सक्रिय भयर काममा लाग्ने बताएका छन् ।