Loading... आजः ४ बैशाख २०८१, मंगलवार

रास्काेटमा आसा आयाेजना अन्तरगत पालिका स्तरिय संयुक्त अनुगमन

लिलाराज संज्याल कालिकाेट-जिल्लाकाे रास्काेट नगरपालिकामा पालिका स्तरिय संयुक्त अनुगमन गरिएकाे छ । आसा आयाेजनाले रास्काेट नगरपालिकामा गरेका सिंचाई कुलाे,सिंचाई पाेखरी, आयआर्जनमा तरकारी खेति, फलफुल खेति, खानेपानी तथा सम्पन्न क्रियाकलापहरूकाे अनुगमन गरिएकाे हाे ।

अनुगमनमा पहाडि साना किसानका लागि अनुकुल आयाेजनाका जिल्ला संयाेजक अशाेक कुमार बर्ताैलाकाे आतिथ्यता, रास्काेट नगरपालिकाका मेयर कासिचन्द्र बरालकाे विशेष उपस्थितिमा अनुगमन गरिएकाे छ । कालिकाेटका ६ बटा पालिकाकाे ३५ बटा वडामा काम गरिरहेकाे आयाेजनाले काम गरेकाे जिल्ला संयाेजक अशाेक कुमार बर्ताैलाले बताए । उन्ले भने, कालिकाेटमा जलवायु परिवर्तनको कारणले अति संकटासन्नतामा परेका घरपरिवारलाई प्राथमिकतामा राखि काम गर्दै आएकाे बताए ।

त्यस्तै रास्काेट नगरपालिका २ का अध्यक्ष दयाराम सिम्खाडाले पहिले देखि कृषि क्षेत्रमा काम गरि आएकाे र याे वडाका जनतालाई कृषिमा आवद्ध गरि जीवन स्तर माथि उठाउने बताए । कृषि क्षेत्रनै जनताकाे जीवन निर्वाहकाे आधार रहेकाे अध्यक्ष सिम्खाडाले बताए ।

रास्काेटकाे जनालीकाेट कृषि पकेट क्षेत्र नगरपालिकाले घाेषणा गरेकाे छ । तरकारी खेतिले हामिहरुलाई परम्परागत रुप देखि आधुनिकि करणमा लगेकाे अगुवा कृर्षक कविराज न्याैपानेले बताए । उनले भने, अहिले आसा परियाेजनाले अधुनिकिकरण प्रविधि र ज्ञान सिप सिकाएपछि अहिले तरकारी उत्पादनमा नयाँ परिवर्तन भएकाे बताए ।

अनुगमनमा आसा आयाेजनाका सामाजिक परिचालन अधिकृत दिनेश संज्याल, पालिका महिला मंच संयाेजक ज्याेति सुनार, रास्काेट नगरपालिका ८ का अध्यक्ष कृष्णप्रसाद धमाला, रास्काेट नगरपालिका २ का अध्यक्ष दयाराम सिम्खाडा, रास्काेट नगपालिका ९ का अध्यक्ष डब्वल बाेगटि लगाएत आसा आयाेजनाका कर्मचारी, राजनितिक दल, पत्रकार, अासा आयाेजना रास्काेट १,२,३का सामाजिक परिचालक प्रेम चाैलागाई, रास्काेट ४,५,६ कि सामाजिक परिचालक वेला तिरुवा,रास्काेट ७,८,९ कि सामाजिक परिचालक विमला शाही, स्थानीयहरुकाे सयुक्त उपस्थितिमा पालिका स्तरिय अनुगमन सम्पन्न गरिएकाे छ ।