Loading... आजः २० मंसिर २०८२, शनिबार

रुपान्तरणले किशोर किशोरीलाई नेतृत्व विकास गरेको छः नगर उप्रमुख विष्ट

कालिकोट– रुपान्तरण कार्यक्रमले किशोर तथा किशोरीको नेतृत्व विकास गरेको खाँडाचक्र नगरपालिका उप प्रमुख विजया विष्टले बताएकी छन ।
सोमवार खाँडाचक्र नगरपालिका वडा नम्बर ३ र ४ को जनजिवन मावि ताडी स्थित किशोर तथा किशोरी समुहको एक कार्यक्रममा उपप्रमुख विष्टले यस्तो बताएकी हुन ।,
युनिसेफ नेपालको सहयोग र बागेश्वरी असलशासन क्लव नेपालगंजको सहजिकरणमा संचालन भइरहेको रुपान्तरण कार्यक्रममा विष्टले यस्ता कार्यक्रम बालवालिका लाई अतिनै आवश्यक रहेको बताएकी छन ।
यस्ता कार्यक्रमले किशोर तथा किशोरीहरुको नेतृत्व विकास संगै विद्यालय वाहिर रहेका बालवालिकाहरुलाई विद्यालयमा पठाउने र बालवालिकाको बोल्न सक्ने र आफ्नो अधिकार राख्न सक्ने क्षमता बढाएको बताएकी छन । किशोरी तथा किशोरको क्षमता विकास भएको देख्दा वास नेपाललाई धन्यवाद दिदै फेरी पनी यो कार्यक्रम फराकिलो भएर आउने बताइन ।
कार्यक्रममा वास नेपाल जुम्लाका कार्यक्रम अधिकृत धिरेन्द्र भाम, वासका कालिकोटका सामाजिक परिचालक रमेश सुनार, युनिसेफ नेपालका प्रतिनिधि भरतप्रसाद पाण्डे पत्रकार विश्वनाथ सिम्खाडा, लगायतको सहभागितामा कार्यक्रम तथा अनुगमन गरिएको थियो ।