Loading... आजः २१ बैशाख २०८१, शुक्रबार

कालिकाेटमा ए.के संञ्चार मिडिया प्रा.लीकाे संम्पर्क कार्यालय उद्घाटन

कालिकोट — ए.के संञ्चार मिडिया प्रा.लीको सदरमुकाम मान्ममा संम्पर्क कार्यालयको उद्घाटन गरिएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रधानकार्यालय रहेको मिडियाको कालिकोटमा पनी सम्र्पक कार्यालयको शुक्रबार एक कार्यक्रमका बिच खाँडाचक्र नगरपालिका प्रमुख जसिप्रसाद पाण्डेले उद्घाटन गरेका हुन ।

मिडिया प्रा.लीका अध्यक्ष अप्सरा विष्टको सभा अध्यक्षता, नगरप्रमुख जसीप्रसाद पाण्डेको प्रमुख आतिथ्यता, प्रमुख जिल्ला अधिकारी रामहरी शर्माको विषेश आतिथ्यता र खाँडाचक्र नगरपालिका ११ का वडाध्यक्ष पुष्पराज गिरी पत्रकार महासंघका सचिव खडानन्द अधिकारी प्रेस चौतारी नेपालका अध्यक्ष विश्वनाथ सिम्खाडको आतिथ्यतामा उद्घाटन गरिएको थियो ।

मिडियाको उद्घाटन गर्दै नगरप्रमुख पाण्डेले मिडिया निश्पक्ष र स्वतन्त्र हुनु पर्ने हो तर, विडम्भना नेपालमा त्यस्तो देखिएन ।
राजनिती वास्ता कसै न कसै पार्टीमा हुन्छ । तर, वास्ताको नाममा समाचार समेत प्रसारण तथा प्रकाशनमा बाइपास हुने गरेको बताए । पत्रकारीता राज्यको चौथो अंग हो, राज्यका हरेक गतिविधिहरुलाई सही वा गलत छुटाएर वाहिर ल्याउनु पर्ने दायित्व हो । यस मिडियाले पनी साँगुरो सोच र पित पत्रकारिताको बाटोमा नगई निस्पक्ष पत्रकारीताको बाटोमा लाग्ने विश्वास व्यक्त गरेका थिए ।

यसतै विषेश अतिथि प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले कालिकोटमा मिडियाको विकास भएको छ । आउदो निर्वाचनलाई केन्द्रित गर्दै उनले पत्रकार आचारसंहिता जारी भएको उल्ललेख गर्दै निर्वाचनमा सवै पार्टीको प्रचार गर्न आग्रह गरे । एकै पार्टीको प्रचारले पत्रकार निर्वाचन आचारसंहिता विपतरित हुने बताएका थिए ।