Loading... आजः १९ बैशाख २०८१, बुधबार

पत्रकारहरुलाई सञ्चार सामग्रीका अनुदानकाे व्यवस्था गर्छाैँ: कानुन मन्त्री शाही

सुर्खेत-कर्णालीका आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीले पत्रकारहरुलाई आवश्यक सञ्चार सामग्रीका लागि अनुदानको व्यवस्था गर्ने बताएका छन् । शुक्रबार प्रदेश राजधानी वीरेन्द्रनगरमा पत्रकारसँगको भेटघाटमा उनले सञ्चारका सामग्रीका लागि अनुदानको व्यवस्था गर्ने बताएका हुन् ।

शाहीले भने,‘ कर्णालीका पत्रकारलाई सञ्चार साधनमा निपूर्ण बनाउन आगामी आर्थिक वर्षको बजेटमा विशेष व्यवस्था गर्न पहल गर्छु । पत्रकारले कुनैपनि सञ्चारका सामग्री खरिद गर्दा हामी अनुदान दिन्छौं ।’ साथै कर्णालीका पत्रकारिता क्षेत्रको विकासका लागि आगामी बजेटमा आवश्यक बजेट, नीति तथा कार्यक्रम ल्याइने पनि उनले बताए ।

उनले पत्रकार स्वास्थ्य वीमा कार्यक्रमको बजेट थप गर्ने पनि बताए । पत्रकारहरुले कर्णालीबाट करोडौंको विज्ञापन काठमाडौं जाने गरेको तर स्थानीय पत्रपत्रिकाले नपाउने गरेको गुनासो राखेका थिए । जवाफमा उनले भने,‘स्थानीय स्तरका पत्रिकाहरूलाई विज्ञापन दिने नीति ल्याउँछौँ । जसले गर्दा यहाँका सञ्चार माध्यममा कार्यरत पत्रकारहरुले समयमै पारिश्रमिक पाउँछन् ।’