कर्णालीमा थपिए २९ जना कोरोना संक्रमित
सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णालीमा थप २९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा आइतबार २९ जनामा संक्रमण पुष्टि भएको हो ।
२७ जना डिस्चार्ज
महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार आइतबार प्रदेशमा थप २७ जना कोरोनामुक्त भएका छन् । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या २ हजार ६८७ पुगेको छ ।
शनिबारसम्मा प्रदेशभर ४५२ जना कोरोनाका सक्रिय संक्रमित रहेको प्रदेश स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जनाए । कर्णालीमा हालसम्म कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ ।
ई-कर्णाली खबर
५ आश्विन २०७७, सोमबार ०१:५९