जनालीकोटका वासिन्दा कृर्षि खेतीले आत्मार्निभर
कालिकोट — रास्कोट नगरपालिका वडा नम्बर २ को जनालीकोटका वासिन्दा कृर्षि खेतीले आत्मार्निभर बनेका छन ।
जनालीकोटका १२ वटा घरधुरी रहेका त्यहाँका वासिन्दा अहिले घर घरै कृर्षि खेतीले आत्मार्निभर बन्न थालेका छन ।
अहिले कसैको अनुदान विनै विभिन्न खालका खेती गरेका छन ।घर घरै कसैले तरकारी देखी मौरी पालन बेसार खेती र अलैची खेती समेत गरेका छन ।
अहिले गाउँमा पराम्परागत खेती छाडेर नगदे वाली लगाउन लागेको ५१ वर्षिय देविलाल न्यौपानेले बताए ।
परम्परागत खेतीले बाल बच्चा पाल्नै नसकिने रैछ । अहिले गहुँ लगाउने खेतमा प्याज, आलु, बन्दा काउली लगाउने गरेका छौँ । अझै भन्दा अहिले त मौशम अनुसारको फरक खाले खेती लगाउन सुरु गरेका छौँ न्यौपाने भने ।
५० बढी मौरी घार पालेका छु, यसैबाट मनग्य आम्दानी गर्ने गरेको न्यौपानेको बनाई छ ।
जनलीकोटमा अहिले सवै किसमिका तरकारी उत्पादन हुने गरिएको छ । तरकारीबाटै बालबच्चाको पढाइ खर्च जुटेको छ, कतै रोजगारीका लागी देश छोडेर रोजगारी खोज्न जानु परेको छैन न्यौपानेले बताए ।

अहिले जनालीकोटका व्यवसायी रुपमा परीलाल न्यौपाने, रत्न न्यौपाने, कविराज न्यौपाने र देविलाल न्यौपानेले तरकारी खेतीबाटै मनग्य आम्दानी गर्न थालेका छन ।









ई-कर्णाली खबर
५ जेष्ठ २०७९, बिहीबार १५:१८