Loading... आजः १४ बैशाख २०८१, शुक्रबार

कालिकोटकाे रास्काेटमा गाँउमै सामाजिक सुरक्षा भत्ता

कालिकोट- जिल्लाको रास्कोट नगरपालिका वडा नं. ७ निवासी ९३ बर्षिया थुनकला शाही शान्निगाडमा बस्छीन् । उनलाई शान्निगाडबाट रास्कोट नगरपालिकाको केन्द्रमा हिडेर जान सक्दीनन् । गाडीमा ४५ मिनेट लाग्छ । राष्कोट नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ बाट सामाजिक सुरक्षा भत्ता बैकमार्फत बितरण गर्न थालेपछि उनलाई भत्ता लिनै सकस थियो । अहिले थुनकलालाई सामाजिक सुरक्षा भत्ता लिन सहज भएको छ । नगरपालिकाले गाँउमै आएर हातैमा नगद सामाजिक सुरक्षा भत्ता दिन थालेपछि उनी खुसी छिन् ।
रास्कोट नगरपालिकाले नगरको वडा नं. १ बाट गाँउमै आएर सामाजिक सुरक्षा भत्ता दिन थालेको छ । नगर प्रमुख धर्मराज शाही, उपप्रमुख मनिराज बराल र वडाध्यक्ष तपेन्द आचार्य लगायतको उपस्थितिमा जेष्ट नागरिक , अपांग र एकल महिलालाई हातमै सामाजिक सुरक्षा भत्ता बापतको नगद रकम हस्तान्तरण गरे । बैंकमा गएर लाईन लागि भत्ता लिनु पर्दा लाफग्राही मर्कामा रहेका थिए । नगरपालिकाले वडामै गएर नगद हातमा दिदा खुसि भएका छन ।


कालिकोटका ९ वटै पालिकाले गाँउमै सामाजिक सुरक्षा भत्ता दिन सुरुवात गरेका छन् । वर्षातको समयमा गाउँबाट प्रशासनिक केन्द्रमा आउन घण्टौं लाग्ने, जेष्ठ नागरिकहरुलाई बैकमा सेवा लिन आउने समस्या भएकाले गाउँमै पुगेर भत्ता वितरण गर्ने निर्णय गरिएको रास्कोट नगरपालिका प्रमूख त्रर्मराज शाहीले बताए । उनले भने, नगरपालिका भित्रका जेष्ठ नागरिक र अपांङ्गता भएका नागरिकहरूलाई भत्ता लिन समस्या थियो । सुशासनका लागि बैकमार्फत सामाजिक सुरक्षा भत्ता बितरण थालिएपनि सुविधा नभएकाले पुन गाँउमै गएर सामाजिक सुरक्षा भत्ता दिन थालेका हौँ । बैकबाट रकम भुक्तानी गर्ने कुरा पारदर्शिता र आर्थिक सुशासनका हिसाबले धेरै उपयूक्त छ । तर भत्ताको रकम बैंकमा आएर लिन टाढाबाट आउने व्यक्तिलाई सकस छ । सहज छैन् ।
सरकारले लागू गरेको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत विभिन्न प्रकारका सामाजिक सुरक्षा भत्ता तोकिएका लाभग्राहीले बैंक खातामार्फत पाउने व्यवस्था गरिएको छ । तर जेष्ठ तथा शारीरिक रूपमा अशक्त सेवाग्राहीको अप्ठ्यारालाई मध्यनजर गर्दै गाउँमै भत्ता वितरण गर्ने व्यवस्था मिलाइएको छ । जनप्रतिनिधि, पालिकाका कर्मचारी र बैंक कर्मचारी गाउँमा पुगेर भत्ता वितरण गर्न थालेका छन् । बर्खाको समयमा बैंकको लाइन बस्नुपर्ने, बाटोमा सास्ती खेप्नुपर्ने समस्याहरूलाई मध्यनजर गर्दै गाउँगाउँमा पुगेर भत्ता वितरण गर्दा स्थानीय निकै खुसी भएका छन् ।