Loading... आजः १२ बैशाख २०८१, बुधबार

डेंगु जोखिम बढेपछि स्वास्थ्य मन्त्रालयले कर्मचारीलाई भन्यो- कार्यालय समयमा पूरा बाहुला भएको पोशाक लगाउनू

काठमाडौं-  डेंगु जोखिम बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा पूरा बाहुला भएको पोशाक अनिवार्य लगाउन कर्मचारीलाई आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयले कार्यालय समयमा पूरा बाहुला भएको पोशाक अनिवार्य लगाउन कर्मचारी, सार्वजनिक, सामुदायिक र नीजि क्षेत्रमा कार्यरत कर्मचारीलाई अनुरोध गरेको हो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले डेंगु नियन्त्रणको उपायका बारेमा विशेषज्ञहरूसँग नियमित परामर्श बैठक र विभिन्न सरोकारवालासँग छलफल र समन्वयात्मक प्रयासहरु भइरहेको बताए ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘डेंगु रोग लाग्न नदिन सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो । प्रायः दिनको समय, विषेशगरी बिहान र बेलुकाको समयमा सक्रीय रहने एडिज जातको लामखुट्टेको टोकाईबाट डेंगु रोग लाग्ने हुनाले, डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्नुहुन र कार्यालय समयमा पुरा बाहुला भएको पोशाक अनिवार्य लगाउनुहुन नेपाल सरकारका सम्पूर्ण कर्मचारीहरु एवं सार्वजनिक, सामुदायिक र नीजि क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरुमा अनुरोध छ ।’

हालसम्म डेंगुबाट ८ हजार बढी मानिसमा संक्रमण देखिएको छ।

अन्नपुर्णबाट साभार ।