Loading... आजः १५ बैशाख २०८१, शनिबार

गठबन्धनले जिते शाही, बिष्ट र रावत मन्त्री–प्रचण्ड

कालिकोट- नेकपा माओबादी केन्द्रका नेता एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कालिकोटमा गठबन्धनका तर्फबाट गठबन्धनका उम्मेद्वारहरु बिजयी भए प्रतिनिधि सभा सदस्यका उम्मेद्वार महेन्द्रबहादुर शाही संघिय सरकारमा र हिक्मतबहादुर बिष्ट र दुर्ग रावतलाई प्रदेश  सरकारमा मन्त्री बनाउने आस्वासन दिएका छन् । कालिकोटको रास्कोट नगरपालिका र मान्म बजारमा मंगलबार आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले कालिकोटबाट गठबन्धनका साझा उम्मेद्वारहरुलाई बिजयी गरेर पठाए आफुहरुले मन्त्री बनाउने आस्वासन दिएका हुन् ।
कार्यक्रममा उनले चुनावपछि बन्ने गठबन्धन सरकारले संबिधानको रक्षा, राजनीतिक स्थिरता र आर्थिक विकासलाई गति दिने दाबी गरे । उनले कर्णाली विगतका शासकहरुले भेदभाव गरेर पछि पारेको बताउदै आगामी गठबन्धन सरकारले बजेटमा पहिलो प्राथमिक्ता दिने प्रतिबद्धता जनाए । उनले भने, कर्णालीको विकास र समद्धिका लागि कर्णाली करिडोर, फुकोट हाईड्रो लगायतका महत्वपुर्ण विकास आयोजनाहरुलाई अगाडी बढाउछौँ । कालिकोटले जनयुद्ध र नेपालमा व्यवस्था परिवर्तनका आन्दोलनहरुमा अग्रेणी भुमीका खेलेको बताउदै यसको उचित मुल्यांकन गरिने छ । उनले थपे, यो गठबन्धन १२ बुदे समजदारीकै निरन्तरता हो । बिस्तृत शान्ति सम्झौताकै निरन्तरता हो । यो गठबन्धन संबिधानको रक्षा, लोकतन्त्रको रक्षा गर्न बनेको हो । यसमा जनताले नै साथ दिएका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय उपसभापती एवं पुर्व गृहमन्त्री पुर्णबहादुर खड्काले केपीओलीको प्रतिगमन प्रास्त गर्ने कर्णाली प्रदेश भएकाले केन्द्रका नेताहरुले कर्णालीलाई बजेट, विकास र नेतृत्वमा मुख्य प्राथमिक्ता दिनुपर्ने बताए । उनले भने, कर्णालीले केपी ओलीको प्रतिगमन बिरुद्ध पहिलो कदम उठायो । त्यसपछि दशैभरी एमालेका सरकारहरु ढले । यसको मुल्यांकन गरिनुपर्छ । उनले आगामी मंसिर ४ गते हुने निर्बाचन लगत्तै कर्णालीमा विकासको अभियान थाल्ने बताए । उनले भने, कर्णाली करिडोर दुईलेनको गर्न बहुबर्षिय योजना अगाडी बढाउछौँ । यहाँको पर्यटन र जलश्रोतका सम्भावनाहरु उजागर गर्छौ । गुणस्तरीय शिक्षा, गाँउबस्तीमा स्वास्थ्य सेवा, युवाका लागि रोजगारीका अवसर सिर्जना गर्छौँ ।
कार्यक्रममा नेकपा माओबादी केन्द्र, नेपाली कांग्रेस, एकिकृत समाजबादी लगायतका गठबन्धन दलका नेताहरुले जिल्लामा एकताका साथ आगामी प्रदेश र प्रतिनिधि सभा निर्बाचनमा सहभागी हुने उद्घोष गरे । उनीहरुले बाम लोकतान्त्रीक गठबन्धनका उम्मेद्वारहरु सहजै बिजयी बन्ने दाबी गरे । सबै मतदाताहरुलाई गठबन्धनका पक्षमा उत्साहका साथ मतदान गर्न सामुहिक अपिल गरेका छन् ।
जिल्लामा सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेद्वार महेन्द्रबहादुर शाहीका बिरुद्ध नेकपा माओबादी केन्द्रका केन्द्रीय लेखा समिति सदस्य एवं रास्कोट नगरपालिकाका निबर्तमान मेयर कासीचन्द्र बराल बागी उम्मेद्वार छन् । उनी १४ हजार सदस्य रहेको हिमचुली कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष हाल संरक्षक पनि हुन् । उनले माओबादी केन्द्रकै मतहरु काट्ने अनुमान गरिएको छ ।
प्रदेश सभा ख का सत्ता गठबन्धनका उम्मेद्वार हिक्मतबहादुर बिष्टका बिरुद्धमा एकिकृत समाजबादीका जिल्ला अध्यक्ष पाटीकै टिकटमा उम्मेद्वार छन् । त्यहाँ स्वस्थ प्रतिस्पर्धा गर्ने भनिएको छ । प्रदेश सभा क बाट एकिकृत समाजबादीका केन्द्रीय सदस्य कुर्मराज शाही सहितका सबै नेता कार्यकर्ताहरु एमालेमा समायोजन भईसकेका छन् । उनीहरुबाट पनि गठबन्धनमा धक्का पुग्न सक्ने अनुमान छ । यी सबै जोखिमहरुलाई निर्मुल गरी सत्ता गठबन्धनका पक्षमा माहोल बनाउन प्रचण्ड र खड्का कालिकोट आएका हुन् ।