Loading... आजः १४ बैशाख २०८१, शुक्रबार

कालिकाेटमा मत गणना सुरु

कालिकाेट- कालिकाेटमा मत गणना सुरु भएकाे छ । यही मंसिर ४ गते सम्पन्न प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्बाचनकाे मत गणना मंगलबार २ बजेबाट सुरु गरिएकाे मुख्य निर्बाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ । भाैगाेलिक बिकटता र यातायात असुबिधाका कारण मतपेटिकाहरु सदरमुकाम ल्याउन समय लागेपछि गणना ढिलाई भएकाे हाे ।
मुख्य निर्बाचन अधिकृतकाे कार्यालयले चिठ्ठा हालेर प्रदेश सभा क काे शुभकालिका गाउपालिका वडा नं १ छातिबाट सुरुवात गरिएकाे छ । त्यसपछि महाँवै गाउपालिका, तिलागुफा नगरपालिका, खाँडाचक्र नगरपालिका गणना गरिनेछ । त्यसपछि प्रदेश सभा ख काे सान्नीत्रिबेणी गाउपालिका, पलाँता गाउपालिका पचालझरना गाउपालिका, रास्काेट नगरपालिका र अन्तिममा नरहरिनाथ गाउपालिका गणना गरिनेछ ।
जिल्लामा प्रतिनिधि सभामा सत्ता गठबन्धनबाट नेकपा माओबादी केन्द्रका पाेलिटब्युराे सदस्य एवं पुर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही, नेकपा एमालेका केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज नगिन्द्र शाही नेशनल, स्वतन्त्र कासीचन्द्र बराल, राप्रपाका केन्द्रीय सहमाहामन्त्री धनबहादुर बुढा, नेमकिपाका जिल्ला अध्यक्ष खड्गराज शाही, नेका बिपी पंखबहादुर बिष्ट, स्वतन्त्र धनप्रसाद पाण्डे प्रतिस्पर्धामा छन ।
यस्तै प्रदेश सभा (क) मा सत्ता गठबन्धनबाट नेकपा माओबादी केन्द्रका नेता दुर्गबहादुर रावत, नेकपा एमालेबाट कुर्मराज शाही, राप्रपाबाट सुर्यबहादुर शाही, नेमकिपाबाट रबिन्द्र शाही प्रतिस्पर्धामा छन् । यस्तै प्रदेश
सभा (ख) मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता हिक्मतबहादुर बिष्ट, नेकपा एमालेबाट बिरेन्द्र बाेगटी, नेकपा एकीकृत समाजबादीबाट बिश्वराज बम, नेका बिपीबाट कर्णबहादुर बिष्ट, स्वतन्त्र लक्ष्मण बम प्रतिस्पर्धामा छन ।