Loading... आजः १२ बैशाख २०८१, बुधबार

सुर्खेतमा हाईस दुर्घटना, चार जनाको मृत्यु


सुर्खेत – सुर्खेतको छिन्चुदेखी बीरेन्द्रनगर आउदै गरेको हाईस दुर्घटना भएको छ । दुर्घटनामा चार जनाको मृत्यू भएको छ । सुर्खेतको बीरेन्द्रनगर नगरपालिका वडा नं. ११ झुप्रा खोला स्थित रत्न राजमार्गमा बा.प्र. ०१०२६ च ९२१३ नम्बरको डबल क्याप हाईलेक्स गाडी बिहान साडे दुई बजे दुर्घटना भएको हो ।
दुर्घटनामा गाडी सडकबाट ७० मिटर तल खोलामा खसेको छ । दुर्घटनामा घाईतेहरुलाई प्रहरीले उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल पठाएका गाडी चालक बीरेन्द्रनगर नगरपालिका वडा नं. ७ का २७ बर्षका सागर शाही, दैलेख डुंगेस्वर गाँउपालिका वडा नं. ५ का ३३ बर्षका दिपकजंग शाही, दैलेख भगवतीमाई गाउपालिका ५ का ३१ बर्षका बबिन शाही, दैलेख गुराँश गाँउपालिका ३ का राजेन्द्र बिसीको मृत्यू भएको छ । भैरबी गाँउपालिका ५ का २६ बर्ष बिरेन्द्र शाहीको भने उपचार भईरहेको छ । उनको छातिमा चोट लागेकोले बोल्न नसक्ने अवस्थामा रहेको अस्पतालले जनाएको छ ।