Loading... आजः १४ बैशाख २०८१, शुक्रबार

प्रदेश अस्पताललाई शिक्षण अस्पताल बनाउने–पुर्व गृहमन्त्री खड्का

सुर्खेत- नेपाली कांग्रेसका उपसभापति एवं पुर्व गृहमन्त्री पुर्णबहादुर खड्काले कर्णाली प्रदेश अस्पताललाई शिक्षण अस्पतालका रुपमा विकास गर्न पहल गर्ने बताएका छन् । बिहिबार कर्णाली प्रदेश अस्पतालको अनुगमन गरिसकेपछि पत्रकारहरुसँग कुरा गर्दै उपसभापति खड्काले यस्तो बताएका हुन् ।
प्रदेश अस्पतालको अहिलेको अवस्था हेर्दा सुविधा सम्पन्न अस्पतालका रुपमा विकास हुँदैछ । उपसभापति खड्काले भने, प्रधानमन्त्री प्रचण्ड, स्वास्थ्यमन्त्री लगायत मुलुकका प्रमूख राजनीतिक दलका नेताहरुसँग समन्वय गरेर कर्णाली प्रदेश अस्पताललाई बिशिष्टकृत अस्पतालको रुपमा विकास गर्न पहल गर्छु । कर्णाली प्रदेश सरकारका पुर्व मुख्यमन्त्री जीबनबहादुर शाही नेतृत्वको सरकारले यस अस्पताललाई शिक्षण अस्पतालका रुपमा विकास गर्ने ऐन डफ्ट गरी अगाडी बढाएको छ । अहिलेको प्रदेश सरकारसँग पनि समन्वय गर्छु । अघिल्लो सरकारले अगाडी बढाएको प्रस्तावलाई मुर्त रुप दिनका लागि अहिलेको सरकारले ध्यान दिनुपर्ने छ । यसका लागि प्रदेश भित्रका १० वटै जिल्लाका २४ वटा निर्बाचन क्षेत्रबाट निर्बाचित भएर आएका प्रदेश सांसदहरुसँग पनि छलफल गर्छौ ।
उनले यो अस्पताल कर्णालीका सबै खोले बिरामहरुको निदान गर्ने अस्पताल बनाउन आफ्नो मुख्य पहल हुने बताए । उनले भने, कर्णालीबासीले उपचारकै लागि ठुलो धनराशी खर्चिने गरी अन्य प्रदेशका अस्पताल र संघिय राजधानी जानुपर्ने बाध्यताको अन्त्य गर्नुपर्छ । यसका लागि प्रदेश अस्पताललाई मुलुककै सुविधा सम्पन्न अस्पताल बनाउनुपर्छ । मैले प्रदेश अस्पताल अनुगमनका क्रममा बिरामी, कुरुवा र डाक्टरहरुसँग सम्वाद गर्दा अहिलेको सेवा पनि प्रभावकारी भएको पाए । यहाँबाट बिरामीहरु सन्तुष्ट भएका छन् । केही दिनमै प्रदेश अस्पतालमा मृगौला प्रत्यारोपण सेवाको पनि सुरुवात हुने जानकारी पाँए । यो सुखद बिषय हो । अब कर्णालीका नागरिकहरुको हरेक बिरामको उपचार यही अस्पतालमा हुनुपर्छ । यसका लागि मेरो पनि पहल कदमी हुन्छ । प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा.डम्बर खड्काले अस्पतालको सेवा र अन्य अवस्थाका बिषयमा जानकारी गराएका थिए ।
कांग्रेसकै उम्मेद्वार राष्ट्रपति हुने
नेपाली कांग्रेसका उपसभापति एवं पुर्व गृहमन्त्री पुर्णबहादुर खड्काले एक फरक प्रशंगमा नेपाली कांग्रेसकै उम्मेद्वार राष्ट्रपति हुने प्रवल सम्भावना रहेको बताएका छन् । कर्णाली प्रदेश अस्पताल सुर्खेतको अनुगमनपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उपसभापति खड्काले यस्तो बताएका हुन् ।
सुर्खेत क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य समेत रहेका उपसभापति खड्काले नेपाली कांग्रेस अहिले पाटीको तर्फबाट राष्ट्रपतिको उम्मेद्वार कसलाई बनाउने भन्ने बिषयमा छलफलमा रहेको बताए । उनले भने, पाटीमा राष्ट्रपतिको उम्मेद्वार कसलाई बनाउने भन्ने बिषयमा छलफल भईरहेको छ । पाटीले आफ्नो दलबाट राष्ट्रपतिको उम्मेद्वार उठाउने र नेपालका सबै दलहरुसँग छलफल गरेर राष्ट्रिय सहमतिकै आधारमा राष्ट्रपति चयन गर्ने कसरत पनि गरिरहेको छ । राष्ट्रपतिमा राष्ट्रिय सहमति नभएपनि कांग्रेसकै उम्मेद्वार राष्ट्रपति निर्बाचित हुने सम्भावना बढी छ ।
उनले निर्बाचनका बेला गठबन्धन गरेको माओबादीले राष्ट्रपतिको निर्बाचनमा कांग्रेसलाई सहयोग गर्छ कि गर्दैन भन्ने बिषयमा बोल्न चाहेनन् । तर पनि राष्ट्रपतिको निर्बाचनमा अहिलेकै सत्ता गठबन्धनको आधारमा परिर्णाम नआउनेमा उनले संकेत गरे । उनले भने, हामी अहिले छलफलमै छौँ । राष्ट्रपति निर्बाचनका लागि उम्मेद्वार नै पाटीले निर्णय गरिसकेको छैन् । राष्ट्रपतिको निर्बाचनमा कुन दलले कांग्रेसको उम्मेद्वारलाई सहयोग गर्ने नगर्ने बिषयमा बोल्न हतार हुन्छ । तर यति बुझेनुस कांग्रेसले नै उठाएको उम्मेद्वार राष्ट्रपति हुनेमा म विस्वस्त छु ।
२०७९ सालको मंसिरमा भएको प्रदेश तथा प्रतिनिधि सभा निर्बाचनमा सुर्खेत क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा निर्बाचित भएपछि कांग्रेस उपसभापति खड्का नियमित गृहजिल्ला भ्रमण गर्न थालेका छन् । उनी महिनाको दुई पटकसम्म गृह जिल्लामा आएर बिभिन्न विकासी योजनाहरु र अस्पताल लगायतका सार्बजानिक सेवा प्रबाहका बिषयमा चासो दिन थालेका छन् । उनले निर्बाचनको बेला जनताका बीचमा रहेका प्रतिबद्धताहरु पुरा गर्न र जनताका सवालहरुलाईए सम्बोधन गर्न आफु प्रतिबद्ध रहेको बताएका छन् ।