Loading... आजः १९ बैशाख २०८१, बुधबार

खेलकुदको विकासमा राज्यको ध्यान पुगेन–कांग्रेस उपसभापति खड्का


सुर्खेत- नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं पुर्व गृहमन्त्री पुर्णबहादुर खड्काले खेलकुद क्षेत्रको विकासका लागि राज्यको ध्यान नपुगेको बताएका छन् । पुर्व खेलकुदमन्त्री समेत रहेका कांग्रेस नेता खड्काले सुर्खेतको लेकबेसी स्थित जीनवज्योति नमुना माबिमा जिल्ला स्तरिय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।
उनले भने, खेलकुद हरेक नागरिकको स्वस्थ् र सव्य जीबनका लागि महत्वपुर्ण छ । खेलकुद क्षेत्रको विकासका लागि राज्यले लगानी त गरेको छ । तर प्रयाप्त लगानीका लागि स्थानिय तहदेखी संघिय सरकारको ध्यान पुगेको छैन् । खेलकुदमा व्यवसायीक रुपमा लागेर आफ्नो उज्वल भबिश्य निर्माण हुने बाताबरण सरकारले बनाउनुपर्ने अवस्था छ । खेल क्षेत्रमा लाग्दा अनुशासन, संस्कार र स्वाथ्य लाभ गर्न सकिने उनले बताए ।
बर्षौँदेखी रोकिएको छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आफु खेलकुदमन्त्री हुँदा २०५४ सालतिर तत्कालिन मध्यपश्चिमाञ्चल विकास क्षेत्रको नेपालगञ्जमा भव्य रुपमा सम्पन्न गराएको र कर्णालीमा खेलकुदका लागि आबश्यक पुर्वाधार विकास गरेको स्मरण गर्दै उनले हरेक नागरिक कुनै न कुनै खेलमा लागेर आफ्नो स्वास्थ् लाभ लिनुपर्ने बताए । कर्णालीमा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने कुराले पनि उत्साह जगाएको बताउदै त्यसका लागि खेलाडीहरुले पनि आफ्नो क्षमता विकासका लागि मेहनत गर्न आग्रह गरे ।
कार्यक्रममा कर्णाली प्रदे.श सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृृष्ण जिसीले प्रदेश सरकारले खेल पुर्वाधार निर्माण र खेलाडीको क्षेमता विकासका लागि लगाडी बढाउने बताए । उनले भने, कर्णालीका खेलाडीहरुले आफ्नो क्षमता विकासका लागि लाग्नुस । सरकार यहाँको खेल पुर्वाधार विकास र खेलाडीको क्षमता विकासका लागि लगानी बढाउने तयारीमा छ । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद अब नारामा मात्र सीमित नबनाई व्यवहारिक रुपमा कार्यन्वयन गर्नुपर्छ । सुर्खेतको दशरथपुरमा आईतबारदेखी संचालन भएको १४ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा जिल्लाबा ९ वटै पालिकाबाट ३३ वटा बिद्यालयहरुले सहभागीता जनाएका छन् ।