Loading... आजः २० बैशाख २०८१, बिहीबार

बुद्धिचाल संघ कर्णालीको अध्यक्षमा श्रेष्ठ

सुर्खेत- बुद्धिचाल संघ कर्णाली प्रदेशको अध्यक्षमा कार्लमाक्स श्रेष्ठ चयन भएका छन् । मंगलबार कर्णाली प्रदेशको सुर्खेतमा भएको बुद्धिचाल संघको दोस्रो प्रदेश अधिवेशनबाट श्रेष्ठलाई अध्यक्षमा चयन गरिएको हो ।
बुद्धिचाल (चेस) संघ कर्णालीको उपाध्यक्षमा गगनबहादुर शाही, सचिवमा लक्ष्मण वली, सहसचिवमा सन्तोष बिसी, कोषध्यक्षमा अक्कलबहादुर शाही, सदस्यहरुमा राजेश खड्का र चाँदनी थापा चयन गरिएको छ । यस्तै संघको केन्द्रीय प्रतिनिधिमा बिरबहादुर रावत, शोभा शर्मा, डिल्ली सुवेदी, अकलबहादुर शाही र शक्ति बुढालाई चयन गरिएको छ ।
अधिवेशनमा प्रदेख खेलकुद परिषदका उपाध्यक्ष प्रमोद हमालले भर्खरै संगठित भईरहेको बुद्धिचाल संघले आफ्नो खेलको व्यवसायीक विकासका लागि लाग्नुपर्ने बताए । उनले बुद्धिचालको खेल क्षेत्रमा छुट्टै महत्व रहेको बताउदै यसको विकासले गति लिन नसकेको बताए । उनले भने, यो खेल निकै महत्वपुर्ण छ । यसलाई अगाडी बढाउनका लागि संघले आफ्ना नीति तथा कार्यक्रमहरु तय गरोस । प्रदेश खेलकुद परिषदबाट सक्दो हामी सहयोग गर्नेछौँ । कार्यक्रममा बुद्धिचाल संघका केन्द्रीय उपाध्यक्ष धिरन बोगटी, केन्द्रीय सदस्य महिन्द्रा कठायत लगायतको कर्णाली प्रदेशका १० वटै जिल्लाबाट बुद्धिचाल खेलाडीहरुको उपस्थिति रहेको थियो ।