Loading... आजः १७ बैशाख २०८१, सोमबार

क्यानको केन्द्रीय साधारण सभा कर्णालीमा आईतबारदेखी सुरु हुने


नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले मुलुकका विकट क्षेत्रमा पनि क्रिकेट खेलाडी उत्पादनमा क्यान लागिरहेको बताएका छन् । कर्णाली प्रदेशको राजधधानी सुर्खेतमा आयोजित क्यानको साधारणसभाका लागि सेर्खेत आएका अध्यक्ष चन्दले साधारसभाको तयारीका बिषयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
उनले कर्णालीमा पुरुष क्रिकेट खेलाडीको टिम जोडजाम गरेको भएपनि महिला खेलाडी उत्पादन हुन नसकिरहेको बताउदै क्यानले अब मुलुकका बिकट क्षेत्रमा पनि क्रिकेट खेलाडी उत्पादन गर्ने हेतुले सुर्खेतमा क्यानको केन्द्रीय साधारण सभा राखिएको बताए । उनले प्रदेश सरकारले कर्णालीमा क्रिकेटका लागि खेल पुर्वाधार गर्नका लागि ध्यान नदिएको बताउदै सरकारलाई पनि यस प्रति ध्यनाकर्षण गराउने बताए । कर्णालीमा पहिलो पटक नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक साधारणसभा आईतबारदेखी कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुरु हुँदैछ । दुई दिनसम्म संचालन हुने क्यानको साधारण सभामा ४५ जिल्लाका प्रतिनिधि, प्रदेश प्रतिनिधि २१ जना, १७ जना केन्द्रीय सदस्य, तीन जना पर्यवेक्षक, एम्पायर र कोच एक÷एक जना गरी करिब ८७ जना सहभागी हुने छन् ।
कर्णालीमा क्रिकेट पुर्वाधारको कमी छ । तर पनि पछिल्लो पुस्ताका युवाहरुमा क्रिकेटको क्रेज बढिरहेको छ । क्यानका केन्द्रीय सदस्य पदम खड्काले भने, यसतर्फ सरकारको विशेष ध्यान जाओस् भनेर कर्णालीमै क्यानको केन्द्रीय साधारणसभा आयोजना गरिएको हो । यसले सरकारको ध्यान पनि तान्नेमा हामीले विस्वास लिएका छौँ । कर्णालीमा राष्ट्रियस्तरका प्रतियोगिता गर्न सक्ने खालका पुर्वाधार बन्न आवश्यक छ । यस साधारणसभामा यो वर्षको प्रस्तावित बजेट, कार्ययोजना र यो वर्षभरी भएका उपलब्धीबारे छलफल हुनेछ ।