Loading... आजः २० बैशाख २०८१, बिहीबार

क्रिकेट खेल पुर्वाधार निर्माणमा कर्णाली सरकारको ध्यानाकर्षण


सुर्खेत- कर्णाली प्रदेशको राजधानी सुर्खेतमा क्रिकेट खेल पुर्वाधार निर्माणका लागि प्रदेश सरकारको ध्यनाकर्षषण गरिएको छ । सुर्खेतमा आयोजित नेपाल क्रिकेट संघ क्यानको बार्षिक साधारण सभामा क्रिकेट लक्षित खेल पुर्वाधार निर्माणका लागि प्रमूख अतिथि समेत रहेका कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माको ध्यनाकर्षण गरिएको हो ।
नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले प्रदेशको राजधानी समेत रहेको सुर्खेतमा एउटा पनि क्रिकेट मैदान नहुनु दुखद रहेको बताए । उनले सुर्खेतमा क्रिकेट खेल पुर्वाधार निर्माणका लागि मुख्यमन्त्री शर्माको ध्यनाकर्ष गराउदै सरकारले न्यूनतम खेल मैदानका साथै अन्य पुर्वाधार निर्माण गरेपछि हरेक बर्ष कुनै न कुनै क्रिकेटको राष्ट्रिय प्रतियोगिता कर्णालीमा आयोजना गर्ने प्रतिबद्धता जनाए । उनले भने, हामी ग्रामिण स्तरसम्म क्रिकेट खेलाडी उत्पादन गर्ने अभियानमा छौँ । तर सरकारले प्रदेशको राजधानीमा समेत एउटा खेल मैदान नबनाईदिदा यसको विकास र खेलाडी उत्पादन कसरी सम्भव हुन्छ । यसका लागि सरकारको गम्भीर ध्यनाकर्ष गराउछु । क्यान अध्यक्ष चन्दले फरक प्रशंगमा क्रिकेट राष्ट्रिय टिमका पुर्व क्याप्टन क्रिकेर खेलाडी सन्दीप लामिछानेले मुलुकका लागि क्रिकेट खेल्न पाउनुपर्ने बताए । उनले भने, सन्दीप क्रिकेटको उर्बर खेलाडी हुन् । उनी जस्तो खेलाडीले क्रिकेट खेल्न पाउनुपर्छ भन्ने क्यानको मान्यता हो । तर उनको मुद्धा अदालति प्रक्रियामा छ । अदालतले गरेको फैसला हामीले स्वीकार गर्नुपर्छ ।
कार्यक्रममा कर्णाली प्रदेश खेलकुद परिषदका उपाध्यक्ष प्रमोद हमालले कर्णालीको खेल क्षेत्रको विकासका लागि सरकार जिम्मेबार बन्न नसकेको बताए । उनले भने, कर्णाली प्रदेशमा अघिल्लो सरकारले प्रदेश गौरकबो आयोजनाका रुपमा प्रदेश रंगशाला अगाडी बढायो । अहिलेको सरकारका वनमन्त्री ज्यूले उक्त रंगशालाको काम राक्ने नियतका साथ जरिवाना तिराउने निर्णय गर्नुभयो । वन मन्त्रालयमा रंगशाला बाताबरणिय प्रभाव मुल्यांकन प्रस्ताव पेश भएको बर्षदिन भयो । मन्त्रालयका सचिवले उक्त प्रताव प्रक्रिया अनुसार स्वीकृत नगर्ने फेरी आफ्नै गौरबको आयोजनालाई जरिवाना गर्ने यो कुन नीयत हो । यसले आगामी २०८१ सालमा कर्णालीमा हुने दशौ राष्ट्रिय खेलकुद प्रतियोगितालाई समेत प्रभाव पार्ने उनको भनाई थियो ।
कार्यक्रममा नेपाल क्रिकेट संघ क्यानका केन्द्रीय सदस्य पदमबहादुर खड्काले कर्णालीमा क्रिकेट मैदानकै अभवमा यहाँका खेलाडीहरु क्रिकेट खेल्नकै लागि बाहिर जानुपर्ने समस्या रहेको बताए । उनले भने, यहाँका क्रिकेट खेलाडीहरु खेल खुल्नकै लागि प्रदेश बाहिर जानुपर्ने अवस्था छ । सरकारले प्रदेश राजधानी सुर्खेतमा एउटा क्रिकेट दैनान निर्माणका लागि पहल लियोस । कर्णालीमा हुने आगामी १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पनि क्रिकेट मैदान निर्माण गर्नु आबश्यक छ । प्रदेश सरकारले कर्णालीमा क्रिकेटका लागि खेल पुर्वाधार गर्नका लागि ध्यान नदिएको उनको भनाई छ ।
कार्यक्रममा उद्योग बाणिज्य संघ कर्णाली प्देशका अध्यक्ष पदमबहादुर शाही, सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कंडेल लगायतका वक्ताहरुले कर्णालीमा खेल क्षेत्रको विकासका लागि सरकारले पहल लिए नीजि क्षेत्र पनि लगानीका लागि तयार रहेको बताएका छन् । उनीहरुले सरकारले बढि जिम्मेबारी भएर नीति क्षेत्रलाई लगानी गर्ने बाताबरण बनाउन आग्रह गरे । कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शकर्माले कर्णालीमा क्रिकेट लगायतका खेल पुर्वाधार निर्माणका लागि सरकार लाग्ने बताए । उनले भने, मुलुकमा राजनीतिक परिवर्तनहरु भए । व्यवस्थाहरु परिवर्तन भए । तर खेल क्षेत्र मात्र नभई समग्र जनताको अवस्था परिवर्तन हुन सकेको अवस्था छैन् । सरकार यस प्रति गम्भीर छ । अब सबैको अवस्था परिवर्तन गर्ने गरी सरकारले काम गर्नेछ ।
कर्णालीमा पहिलो पटक आयोजना गरिएको नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक साधारणसभा आईतबारदेखी सुरु भएको छ । दुई दिनसम्म संचालन हुने क्यानको साधारण सभामा ४५ जिल्लाका प्रतिनिधि, प्रदेश प्रतिनिधि २१ जना, १७ जना केन्द्रीय सदस्य, तीन जना पर्यवेक्षक, एम्पायर र कोच एक÷एक जना गरी करिब ८७ जना सहभागी हुने छन् । यस साधारणसभामा क्रिकेटको विकासका लागि गर्नुपर्ने सवालहरु, यो वर्षको प्रस्तावित बजेट, कार्ययोजना र यो वर्षभरी भएका उपलब्धीबारे छलफल हुनेछ ।