Loading... आजः १४ बैशाख २०८१, शुक्रबार

जुम्ला पातारासीमा हाईअल्टिच्युट ट्रेनिङ्ग सेन्टर निर्माण हुदै

जुम्ला – जुम्लाको पातारासी गाउँपालिकाको लोठचौरमा हाईअल्टिच्युट ट्रेनिङ्ग सेन्टर निर्माण हुने भएको छ । पालिकाको वडा नं ३ स्थित लोठचौरमा निर्माण हुने हाईअल्टिच्युट ट्रेनिङ्ग सेन्टरको शिलान्यास गरिएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिनुभयो । यो आर्थिक बर्षमा संघीय सरकारबाट ५० लाख बजेट विनियोजित भएको छ । उपभोक्ता समितिमार्फत् काम संचालन हुने भएको छ ।

सरकारबाट बजेट क्रमागत रुपमा आउने हो । उपाध्यक्ष रोकायाले भनिन् , लाेडचाैरमा निर्माण हुने हाईअल्टिच्युट बिचमा तातोपानी गाउँपालिकाको टोप्लामा सारिएको थियो । पुन अहिले लोठचौरमा नै निर्माण हुने गरि काम अगाडि बढेको छ ।’ पुर्व पशुपन्छी विकास मन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोमा गौतम (कुवँर) को विशेष पहलमा पातारासीको लोठचौरमा हाईअल्टिच्युट सेन्टर बन्ने लागेको उपाध्यक्ष रोकायाले जानकारी दिएकि छन् ।

करिब ढाई करोड बराबरको काम बितेको बर्षहरुमा भएको छ । खेलकुदका दीर्घकालिन योजनाहरु अघि सारेर संघीय र प्रदेश सरकार संग सहकार्य समन्वय बाट योजनाहरु अघि सार्दै निर्माणको कामलाई पनि अगाडि बढाएको उपाध्यक्ष रोकायाको भनाइ छ । सडकको सहज पहुँच पनि छ । सडकको स्तरोन्नति समेत हुदैछ ।

दुवै सरकारको लगानी एउटै योजनामा हुनुपर्ने उपाध्यक्ष रोकायाले जानकारी दिनुभयो । पालिकामा निर्माणधिन हाईअल्टिच्युट ट्रेनिङ सेन्टर कर्णालीकै नमुना भएको अध्यक्ष पुर्णसिंह बोहोराले बताउनुभयो । अभ्यासका लागि आबश्यक पूर्वाधार नहुँदा चिन्तित भएका खेलाडीहरूका लागि अल्टिच्युट ट्रेनिङ सेन्टर संचालनमा आएपछि निकै राहत पुग्ने अध्यक्ष बोहोराको भनाइ छ ।

२ हजार ८ सय मिटर उचाइमा रहेको पातारासीको लोठचौरमा ट्रेनिङ सेन्टर बन्ने भएको हाे । पातारासी गाउँपालिकामा पर्यटकिय सम्भावनाहरू थुप्रै छन् । विश्वकै अग्लो स्थानमा कालीमार्सी धान फल्ने छुमचौरमा हाई अल्टिच्युट ट्रेनिङ सेन्टर निर्माण गरेर पर्यटन प्रबर्द्धन गर्ने लक्ष्य रहेको पातारासि गाउँपालिकाले जनाएको छ।