Loading... आजः २१ बैशाख २०८१, शुक्रबार

कर्णालीका मुख्यमन्त्रीले विश्वासको मत लिने

सुर्खेत –  कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने भएका छन् । शुक्रबार बस्ने संसद बैठकमा मुख्यमन्त्री शर्माले संसदबाट विश्वास मत लिन लागेका हुन् ।

एमालेको समर्थनमा मुख्यमन्त्री बनेका शर्मालाई राप्रपाले समर्थन फिर्ता लिएपछि पुनः विश्वासको मत लिन लागेका छन् । एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीसहित २४ सांसदले मुख्यमन्त्री शर्मालाई समर्थन गरेका थिए ।

राष्ट्रिय राजनीति पूरानै गठबन्धनमा रुपान्तरणहुँदा राप्रपाले माग १८ गते मुख्यमन्त्री शर्मालाई दिएको समर्थन फिर्ता लिएको थियो । ‘मुख्यमन्त्री शर्माले बुधबार नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम मलाई प्रदेश सभाको विश्वास छ भन्ने कुरा प्रष्ट पार्न प्रस्ताव संसद सचिवालयमा दर्ता गर्नुभएको छ,’ प्रदेश सभा सचिवालयले जारी गरेको सूचनामा भनिएको छ ।

यता नेकपा एमालेबाट सरकारमा सहभागी एक मन्त्रीले विश्वासको मत दिने वा नदिने भन्ने विषयमा अहिले आफूसँग कुनै जवाफ नभएको बताए । ‘मुख्यमन्त्रीले संसदमा दर्ता गराउनु भएको विश्वासको मत सम्बन्धी प्रस्ताव बारे जानकारी नै छैन्,’ ति मन्त्रीले भने, ‘विश्वासको मत लिन लाग्नु भएको हो भने अहिले नै एमालेको धारण केही बनेको छैन् । हामी नाजवाफ छौं ।’

कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका शर्मा गत पुस २७ गते नियुक्त भएका हुन् । कर्णाली प्रदेशमा नेपाली काँग्रसेका १४, माओवादीका १३, एमालेका १०, राप्रपा, समाजवादी र स्वतन्त्रका एक एक जना सांसद रहेका छन्। प्रदेश सभाकाे बैठक यहीँ चैत १७ गते दिउँसाे ३ बजे बस्दैछ ।