Loading... आजः २१ बैशाख २०८१, शुक्रबार

कर्णालीका मुख्यमन्त्रीलाई ३८ सांसदले दिए विश्वासको मत

सुर्खेत –  कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पट्क विश्वासको मत पाएका छन्। मुख्यमन्त्री शर्माले नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम आफूलाई प्रदेश सभाको विश्वास छ भनी रमखेको प्रस्तावमा ३८ मत खसेको हो।

उनकाे पक्षमा ३८ र विपक्षमा १ मत खसेकाे हाे। मुख्यमन्त्री शर्मालाई नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९ र एकीकृत समाजवादी र स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन्।

यस्तै, ४० जना सांसद रहेका कर्णाली प्रदेश सभामा एमालेकी सभामुख नन्दा गुरुङले र राप्रापाकी सन्तोषी शाहीले मत दिएनन्।