Loading... आजः २१ बैशाख २०८१, शुक्रबार

दिगोबिकास लक्ष्य प्राप्तिका लागि प्रदेशसभा सदस्यहरुको भुमिका विषयक अभिमुखीकरण

सुर्खेत – दिगोबिकास लक्ष्य प्राप्तिका लागि स्रोत ब्यवस्थापनमा प्रदेशसभा सदस्यहरुको भुमिका सम्वन्धि अभिमुखीकरण कार्यक्रम वीरेन्द्र नगरमा सुरु भएको छ ।
कर्णाली प्रदेशसभा सचिवालयको आयोजनामा युएनडिपी, जोईन्ट एसडिजी लगाएतको सहकार्यमा सोमवार अभिमुकरण गरिएको हो । प्रदेशसभाका सभामुख माननीय नन्दा गुरुङको अध्यक्षतामा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राज कुमार शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ,नेपाल सरकारका पुर्व अर्थमन्त्री तथा पुर्व गभर्नर डा. युवराज खतिवडाको विशेष आतिथ्यतामा, संविधानसभा सदस्य खिमलाल देवकोटा, प्रतिनिधि सभाका निवर्तमान उपसभामुख तथा वरिष्ठ अधिवक्ता पुष्पा भुसाल, कर्णाली प्रदेश सरकारका सम्पुर्ण मन्त्रालयका मन्त्रीहरु, प्रदेश सरकारका मुख्य सचिव डा.गोपिकृष्ण खनाल,युएन डिपिका आर्थिक सल्लाहकार धर्म स्वर्णकार लगायत विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुका प्रतिनिधीहरुको सहभागिता रहेको छ ।