Loading... आजः २१ बैशाख २०८१, शुक्रबार

रंगमञ्च बन्यो सुनथराली बिमानस्थल

कालिकोट – निर्माण सुरु भएको ३७ बर्षपछि सम्पन्न भएको कालिकोटको सुनथराली बिमानस्थल रंगमञ्च बनेको छ । २०४२ सालबाट निर्माण सुरु भएको उक्त बिमानस्थल २०७९ पुसमा सम्पन्न भएपनि हालसम्म जहाज नआउदा रंगमञ्च बनेको हो ।
मंगलबार नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको साधारण सभा उक्त बिमानस्थलको धावनमार्गमै आयोजना गरियो । कालिकोटबाट प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाही, कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी, नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष बिपुल पोख्रेल, जिल्लाका ९ जवटै स्थानिय तहका प्रमूखहरु लगायतका अन्य सरकारी निकायका प्रमूखहरु सहभागी उक्त साधारण सभा बिमानस्थलको धावनमार्गमै गरिएकोमा स्थानियले आलोचना पनि गरेका छन् । सामाजिक अभियान्ता प्रकाश न्यौपानेले भने, निर्माणाधिन बिमानस्थलको धावनमार्गको बीचैमा कुर्चि राखेर पाल हालिकन कार्यक्रम नगर्नु पर्ने हो । यो सरासर गलत हो । त्यो बिमानस्थल जहाजको लागि बनाएको होला । कार्यक्रम आयोजना गर्न बनाएको त होईन होला । हुन त कालिकोटमा खनेका सडक पनि पनि हालत उस्तै छ । गाडीमा गोठमा बाख्रा हुल्याजन मान्छेहरु कोचेका हुन्छन् । तर कसैले पनि अनुगमन निरिक्षण गर्दैन् । बरु दुर्घटना भएपछि अस्पताल पुगेर बिरामी भेको सेल्फी खिच्ने र ज्यान गुमाउनेहरु प्रति श्रदाञ्जली मात्र दिने चोतिपातहरुलाई चोतो(मुला)का जडाले हानेर देश निकाला गर्दा हुन्थ्यो ।
बिमानस्थलको धावनमार्गमै पत्रकार महासंघले कार्यक्रम आयोजना गर्नुको मुख्य कारण नै तत्काल नियमित उडानका लागि दाबाब दिएको नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज बिष्टले बताए । उनले भने, यो बिमानस्थल निर्माण सम्पन्न हुने ३७ बर्ष लाग्यो । निर्माण सम्पन्न भएको तीन महिनासम्म पनि जहाज आएको छैन् । नियमित उडान गर्नका लागि फेरी बर्षौँ नलागोस भनेर बिमानस्थलमै कार्यक्रम आयोजना गरिएको हो । नेपाल पत्रकार महासंघ प्रदेशको साधारण सभा भएपनि आतिथ्यता शाखा कालिकोट हो ।
२०४२ सालबाट निर्माण सुरु गरिएको उक्त बिमानस्थल ३७ बर्षपछि निर्माण सम्पन्न भएको हो । सायद नेपालमा कुनै पनि बिमानस्थल निर्माण गर्न यति धेरै समय लागेको नहोला । कोटबाडाकै गणेश बिष्ट जन्मेका थिएनन् । उनका बा आमा जवान हुँदा उक्त बिमानस्थल निर्माणको सुरुवात भयो । गाँउमा जहाजलाई चिल्गाडी भन्थ्ये । उनका बा आमाले नै आफ्नै पालामा चिल्गाडी चढ्ने आशा गरेका थिए । २०४२ सालमा निर्माण सुरु भएको बिमानस्थल २०५० सालमा बिष्ट जन्मीए । उनी ५ बर्षको हुँदा साथिहरुसँग एरपोट जान्थ्ये । एरपोर्टमा खेल्थ्ये र साथिहरुसँग हाम्रा गाँउमा चिल्गाडी आउछ रे भनेर कुरा पनि हुन्थ्यो । आकाशमा देखेको चिल्गाडी आफुले चढ्न पाए कस्तो होला जस्तो लाग्थ्यो ।
अहिले २९ बर्ष भएका उनी भन्छन्, बालापनमै चिल्गाडी चढ्ने सपना थियो । सुन्थरालीमा जहाज आएन् । आफुले जहाँज चढ्ने सपना नेपालगञ्ज आइृसकेपछि पुरा गरे । त्यो बिमानस्थलमा आफुले गाँउ छाडिसकेपछि एक पटक परिक्षण उडान भनेर जहाज आयो । त्यो जहाज फेरी फर्किएन् । अहिले बिमानस्थल निर्माण सम्पन्न भयो भन्ने छ । तर जहाँज देख्न पाएका छैनौँ । नरहरीनाथ गाँउपालिका वडा नं. १ मा रहेको सुनथराली बिमानस्थलमा निर्माण सुरु भएको ३३ बर्षपछि २०७३ साल माघ २९ गते तत्कालिन पर्यटनमन्त्री जीबनबहादुर शाहीको पालामा परिक्षण उडान सफल भएको थियो । त्यसपछि फेरी त्यो बिमानस्थल जहाँज नआउने बिमानस्थल भएको छ । बिमानस्थल निर्माण आयोजनाले कालोपत्रे समेत गरी रङरोगन गरेर चिटिक्क बनाएको छ ।
पत्रकार महासंघको कार्यक्रम मात्र होईन् । नरहरीनाथ गाँउपालिकाले केही समय अगाडी हिउदे अधिवेशनको समापन पनि त्यही बिमानस्थलमा आयोजना ग¥यो । कर्णालीकै धेरै जनसंख्या भएको नरहरीनाथ गाँउपािलका वडा नं. १ कोटबाडाबाट जहाँज चढ्ने सपना पुरा हुने अपेक्षा सहित नियमित उडानका लागि दाबाब दिनकै लागि गाँउपालिकाले पनि हिउदे अधिवेशन आयोजना गरिएको हो । नरहरीनाथ गाँउपालिका वडा नं. ९ का वडा अध्यक्ष प्रदिप बोहोराले भने, निर्माण गर्न ३७ बर्ष लाग्यो । बिमानस्थल बन्यो । तर यहाँ जहाज आएन् । हामीले नियमित उडान गर्न दबाब दिनकै लागि गत माघ ७ गते बिमानस्थलमै गाँउसभा गरेको हौँ । बिमानस्थल बन्नकै लागि बर्षौँ कुरियो । अब नियमित उडान हुन पनि कुर्न नपरोस भनेर दबाब सहित पहलकदमी पनि लिएको हो ।
बिमानस्थल निर्माण आयोजना प्रमूख रत्नबहादुर श्रेष्ठले भने, यो बिमानस्थल निर्माण कार्य पुरा भएर परिक्षण उडान पनि भएको छैन् । २०७३ सालमा घाँसे मैदानमा परिक्षण उडान गरिएको थियो । बिमानस्थलको धावनमार्गमा नै कार्यक्रम नगरीनु पथ्र्यो । यदि नियमित उडान भईसकेको भए त्यहाँ कार्यक्रम गर्न पाईदैन थियो । बिमानस्थल खाली भएकाले त्यहाँ कार्यक्रम गरिएको होला । बिमानस्थल सबैको सम्पती हो । त्यहाँ कार्यक्रम गर्दा हामीसँग कसैले समन्वय पनि गरेनन् । २०७५ साल साँउनमा बिमानस्थल पिज गर्नका लागि स्याम एण्ड संकर जेबीले ठेक्का लिएकोमा म्याद थप्दै काम गर्दै गरेर गत पुस महिनामा काम सम्पन्न गराएको छ । निर्माण कम्पनीसँग २०७७ सालको असार मसान्तसम्म पिज गर्नुपर्ने सम्झौता थियो ।
बिमानस्थल निर्माणकै क्रममा धेरै मजदुरहरुको रगत बगेको छ । माओबादी द्धन्द्ध उग्ररुपमा भईरहेका बेला २०५८ सालमा धादिङ जोगीमाराका १७ जना सहित ३५ जना मजदुरहरुलाई नेपाली सेनाले लाईन लगाएर गोली ठोक्यो । बिमानस्थल रक्ताम्मे भयो । उनीहरु सबैको त्यही बिमानस्थल भित्र चिहान छ । १८ जना कोटबाडाकै स्थानिय मजदुर थिए । उनीहरुलाई त्यसै बिमानस्थलमा गाडियो । उनीहरुको चिहान माथि अहिले बिमानस्थल बनेको छ । ती मजदुरका परिवारहरुले पनि यो बिमानस्थलमा जहाज चड्न पाए आफ्ना आफन्तहरु गुमाएको घाउमा मलम लाग्ने बताउछन् ।
कालिकोट प्रदेश सभा ख बाट निर्बाचित सांसद हिक्मतबहादुर बिष्टले सुनथराली बिमानस्थलमा नियमित उडानका लागि पहल भईरहेको बताए । उनले भने, नेपाल सरकारका पर्यटनमन्त्री, प्रदेशका पर्यटनमन्त्री, संघ र प्रदेशका सास्.द, आरएनएसीका अध्यक्ष र यअरलाईन्सका अधिकारीहरुसँग छलफल गरेका छौँ । बैशाखमा सुनथराली बिमानस्थलमा उडान भर्ने सहमति भएको छ । नयाँ बर्षमा कालिकोटबासीहरुको जहाँज चढ्ने सपना पुरा हुनेमा म विस्वस्त छु । सुनथराली विमानस्थलको नियमित उडान भएमा यहाँका रमणिय पर्यटकिय स्थलहरु रामारोशन, बाजुरा र कालिकोटको सिमानामा रहेको त्रिवेणी पाटन, बडिमालिकाको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने स्थानिय दिपेन्द्र बुढाले बताए । उनले भने, बिमानस्थल नियमित उडान गर्नका लागि सम्बन्धित निकायको ध्यायन जाहोस । विमानस्थल निर्माण पञ्चायतकालदेखि बहुदलीय व्यवस्थाको नारा मात्र बन्यो । तर बिमानस्थल समयमा बनेन् । अहिले बनेको बिमानस्थलमा जहाज आउने टुंगो छैन् । यसले हामीलाई थप निराश बनाएको छ । सुनथराली बिमानस्थलकोे रनवए लम्बाई ६ सय ४० मिटर, चौडाई २० मिटर, टर्निङ प्याड लम्बाई ५ सय २५ बर्गमिटर, ट्याक्सी वए लम्बाई २५ मिटर चौडाई २० मिटर, पार्किङ लम्बाई ७० मिटर, चौडाई ३० मिटर, स्टोप वए लम्बाई ३० मिटर, चौडाई ५० मिटर, कियर वए लम्बाई ३० मिटर, चौडाई ५० मिटरको रहेको छ । भौगोलिक रुपमा पनि जहाज उडानका लागि उपयुक्त बिमानस्थल रहेको निर्माण आयोजनाले जनाएको छ ।