Loading... आजः २० बैशाख २०८१, बिहीबार

नैतिकता भन्ने चिज जीवित छ भने प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः राजेन्द्र लिङ्देन

काठमाडौ  – राप्रपाका सांसद् राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन्।

प्रतिनिधि सभामा सांसद् लिङ्देन प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका हुन्।

लिङ्देनले भने, ‘प्रधानमन्त्रीमा नैतिकता भन्ने चिज जीवित छ भने उहाँले राजीनामा दिनुपर्छ। राजीनामा दिने नदिने हाम्रो दवावको विषय होइन। तत्कालीन कानुन मन्त्री शेरबहादुर तामाङले पनि सानो बोली चिप्लिँदा राजीनामा दिएका थिए। प्रधानमन्त्री र उहाँका प्रेस सल्लाहकारबाट आएको अभिव्यक्ति आपत्तिजनक छ। प्रधानमन्त्रीको अभिव्यक्तिमाथिको प्रतिवाद गर्दा मिटर ब्याज पीडितको विधेयक रोक्न खोजे भनेर आरोप लगाइयो। ’

संसदमा अब तिन दल मात्रै नरहेको बताए। लिङ्देनले भने, ‘जनताको नयाँ भावनाको प्रतिनिधित्व गर्ने थुप्रै दलहरू छन्। घरी घरी तीन नेता बसेर निर्णय गर्न पाइँदैन। हामीले राष्ट्रियताको विषयमा प्रश्न उठाउँदा सरकारले हामीमाथि अभियोग लगायो। समितिहरू नेतृत्वविहीन भएको हाम्रो कारणले हो।’