Loading... आजः २० बैशाख २०८१, बिहीबार

कालिकोट कांग्रेसले दुई बर्षे संगठन सुदृढिकरण अभियान चलाउने


कालिकोट – नेपाली कांग्रेस कालिकोटले दुई बर्ष संगठन सुदृढिकरण अभियान चलाउने भएको छ । शनिरबार कांग्रेसको सातौँ जिल्ला अधिवेशन पछिको प्रथम जिल्ला सम्मेलन गर्दै २०८० देखी २०८२ साललसम्म दुई बर्षे संगठन सुदृढिकरण अभियान संचालन गर्ने कार्यक्रम सार्बजानिक गरेको हो ।
कालिकोटमा कांग्रेसले २०६४ सालको पहिलो संबिधान सभा निर्बाचनमा माआबादीको धम्की, २०७० मा पाटी भित्रको कलह, २०७४ सालको निर्बाचनमा बाम गठबन्धनका कारण निरन्तर संसदिय निर्बाचनमा पराजय भोग्दै आएको भन्दै आगामी २०८४ सालको आम निर्बाचनमा कुनै दलसँग पनि गठबन्धन नगर्ने र एक्लै जनताको विस्वास जित्ने अभियान चलाउने नेपाली कांग्रेस कालिकोटका सभापति अम्मबहादुर शाहीले बताए । उनले भने, नेपाली कांग्रेस प्रति जनताको विस्वास धेरै भएपनि पाटी भित्रकै गुटउपगुट र अन्य कलहका कारण निर्बाचनमा नतिजा हासिल नहुने गरेको अवस्था छ । यसलाई अब बृहत एकता र बलियो पाटी निर्माणको अभियान चलाउछौँ ।
कार्यक्रममा प्रमूख अतिथि नेपाली कांग्रेस कर्णाली प्रदेशका सहमहामन्त्री उपेन्द्र थापाले पाटी बलियो नबनाई जनताका सवाल सम्बोधन गर्ने स्थानमा पुग्न नसकिने भन्दै एकताबद्ध भएर पाटीको संगठन निर्माण अभियान चलाईनुपर्ने बताए । उनले भने, कांग्रेस नेपालको जिम्मेबार र दरिलो शक्ति हो । यसलाई कम्जोर बनाउन अरु कसैले पनि सक्दैनन् । पाटी भित्रका सबै पक्षहरु एक भएर अगाडी बढ्नुपर्छ । हरेक निर्बाचनमा हामी बिजय हासिल गर्छौँ । उनले कर्णाली प्रदेश कार्यसमितिले जनतासँग कांग्रेसलाई जोड्ने बिभिन्न अभियानहरु चलाईरहेको बताउदै त्यो अभियानलाई तत्लो तहका पाटीका संरचनाहरुले पनि प्रभावकारी रुपमा कार्यन्वयन गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं प्रदेश सांसद हिक्मतबहादुर बिष्ट,  कांग्रेसका नेता दमनबहादुर शाही, नन्दबहादुर शाही, संकरप्रसाद उपाध्याय, शुशीला गिरी, मात्रिका सिंह, नगेन्द्रबहादुर बिष्ट, मनराज शाही, यसोदा शाही, धर्मा शाही, टिकाराम न्याैपाने लगायतका नेताहरुले कालिकोटमा कांग्रेसको संगठन निर्माणको अभियान सबैको सक्रियतामा प्रभावकारी बनाउने बताए । उनीहरुले वडा तहदेखी जिल्लासम्म बिधिन्न सभा सम्मेलन तथा जनतासँग भेटघाट अभियान संचालन गरी जनताको सवालहरुमा पनि साथ र सहयोग गर्ने बताए । कार्यक्रममा जिल्लाका प्रदेश कार्यसमिति, पालिका कार्यसमिति तथा वडा कार्य समितिसम्मका नेताहरुले नेपाली कांग्रेसले मिशन २०८४ अभियान संचालन गर्नुपर्ने बताए ।