Loading... आजः २० बैशाख २०८१, बिहीबार

कालिकाेटकाे समग्र विकास हाम्राे प्राथमिक्ता – सचेतक बिष्ट

कालिकाेट – नेपाली कांग्रेसका प्रदेश संसदिय दलका प्रमुख सचेतक हिक्मतबहादुर बिष्टले कालिकाेटकाे समग्र विकास र समृद्वि आफ्नाे पहिलाे प्राथमिक्ता रहेकाे बताएका छन् । नेपाली कांग्रेस कालिकाेटकाे प्रथम जिल्ला सम्मेलनलाई सम्बाेधन गर्दै सांसद बिष्टले यस्ताे बताएका हुन् ।
उनले संघ र प्रदेशमा कांग्रेस, माओबादी, समाजबादी सहितका दलकाे गठबन्धनकाे सरकार रहेकाले जनताका बिचमा गरेका बाचा पूरा गर्ने लक्ष्यमा केन्द्रीत रहेकाे बताए । उनले भने, कांग्रेस कर्णाली र मुलुकभरी कांग्रेस ठुलाे दल छ । त्यसकारण पनि हामी अन्य दल भन्दा बढि जिम्मेबार बन्नुछ । जनताकाे विस्वास बचाईराख्न गठबन्धन सरकारबाट जनताका समृद्विका सपना पूरा गर्नु छ ।
कालिकाेट प्रदेश सभा ख बाट निर्बाचित सांसद बिष्टले आफू प्रदेश सभा ख बाट निर्बाचित सांसद भएपनि कालिकाेट जिल्ला र समग्र कर्णालीकाे विकासका लागि सधै लागि रहने बताए । उनले भने, हामी प्रदेश सभा सदस्य कर्णालीमा ४० जना छाैँ । सबैले कर्णालीकाे समृद्विका लागि संसदमा आवाज उठाउनु छ । म कालिकाेटवासीका सवालहरु संसदमा उठाउने र समृद्विका लागि पहल लिने बताए ।
उनले भने, मुलुकमा राणा फालेर प्रजातन्त्र ल्याउने, पंचायति व्यवस्था फालेर बहुदल ल्याउने, जंगलमा रहकाे माओबादीलाई संसदमा ल्याउने र राजतन्त्र हटाएर मुलुकमा संघिय गणतन्त्र सहितकाे लाेकतान्त्रिक व्यवस्था ल्याउन सफल नेतृत्व गरेकाे पार्टी हाे । त्यस कारण पनि हामी अन्य दल भन्दा बढी जिम्मेबार भएर जनताकाे हितमा काम गर्ने उनकाे भनाई थियाे ।