Loading... आजः १८ बैशाख २०८१, मंगलवार

लक्ष्य निर्धारण गर्दै किशोर किशोरी

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. २ कोल्डांडामा रहेको प्रभात माध्यामिक बिद्यालयको कक्षा ७ मा पढ्ने सन्दीप बिकको सपना बिदेश जाने छ । अझ बिदेशमा पनि जापान जाने ठुलो रहर छ । शनिबार र आइृतबार त्यसै बिद्यालयमा आवाजले आयोजना गरेको सकारात्मक सोच तथा लक्ष्य निर्धारण सम्बन्धि दुई दिने तालिमको अन्तिम दिन उनले आफ्नो जीवनको लक्ष्य बिदेश जाने रहेको बताए ।
उनले भने, म अहिले सात कक्षामा पढ्छु । कक्षा १२ पास गरे भने जापान जाने सोच छ । नेपालमा धेरै पढेर पनि रोजगारीको सुनिश्चितता छैन् । बिदेश गएर उतै पढ्छु उतै काम गरेर कमाउ छु पनि । उनले आफुलाई स्वदेशमा भन्दा बिदेशमा पढ्न र परिवार पाल्न सहज हुने लागेर आफ्नो लक्ष्य नै बिदेश जाने निर्धारण गरेको बताए । यस्तै अर्का छात्रा सन्ध्या विक, समिक्षा टमट्टा, कविता सुनारले आफुहरुले कक्षा १२ पास गरेपछि नेपाल प्रहरीमा भर्ति हुने लक्ष्य निर्धारण गरेको बताए । यस्तै अरुनिमा विकले एयर होस्टेज र उषा सुनारले होटलमा वयटर बन्ने लक्ष्य निर्धाण गरेको बताए ।


यिनीहरु मात्र होईनन्, प्रभात माबि कोल्डाँडामा अध्यायनरत ३० जना किशोर किशोरीहरुले आ–आफ्नो लक्ष्य निर्धारण गरे । अधिकांशले बिदेश जाने, सुरक्षा निकायमा जागिर खाने, व्यवसाय गर्ने जस्ता लक्ष्यहरु निर्धाण गरे । आवाजका बालबिबाह रोकथाम तथा व्यवस्थापनका लागि बालिकाको नेतृत्व परियोजनाका परियोजना संयोजक संगिता वलीले भनिन्, बालबिबाह बिरुद्ध किशोर किशोरीहरुलाई सक्रिय बनाउदै उनीहरुले आफ्नो जीवनको लक्ष्य निर्धाण गरी त्यस अनुसार तयारी गर्न तालिम दिईएको हो । यति मात्र नभई वीरेन्द्रनगर वडा नं. २ का ८ वटा किशोर किशोरी समुहहरुलाई बिभिन्न खालका जीवन उपयोगी सीप, आत्मारक्षा तालिम प्रदान गरिएको छ । तालिमकाे सहजिकरण प्रशिक्षक उमासंकर आचार्यले गरेका थिए ।