Loading... आजः २० बैशाख २०८१, बिहीबार

साउदी दूतावासको सहयोगमा ६ सय नेपालीले पाए वहिर्गमन भिसा

साउदी अरेबिया । साउदी अरेबियास्थित नेपाली दूतावास रियादले वहिर्गमन भिसा पाउने नेपालीको नामावली सार्वजनिक गरेको छ ।

दूतावासले आफ्नो फेसबुक पेज `एम्बेसी अफ नेपाल रियाद` मा सार्वजनिक गरेको सूचना अनुसार हालसम्म ६ सय १८ जनाले वहिर्गमन भिसा प्राप्त गरेका छन् । दूतावासका अनुसार साउदीमा लामो समयदेखि सम्बन्धी कम्पनी, प्रतिष्ठानहरुमा कार्यरत रहँदा अनुमतिपत्र (अकामा) नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहने नेपालीलाई स्वदेश फर्काउन आवश्यक
कागजात सहित वहिर्गमन भिसा सहज र सरल रुपमा प्रदान गर्न साउदी सरकारलाई लामो समयदेखि आव्हान गरेको थियो ।

समस्यामा परेका नेपालीले वहिर्गमन भिसाको लागि २ हजार ५ सय भन्दा बढी फारम भरेका छन् । साथै यस भिसाको लागि ५ महिनादेखि निवेदन दिएकामध्ये दूतावासले विभिन्न समयमा सम्बन्धित नेपालीबाट संकलन गरेका विवरण साउदी सरकारलाई उपलव्ध गराएको थियो भने कोरोना भाइरसका कारण प्रक्रियामा ढिलाइ समेत भएको थियो ।

कोरोनाको महामारीसँगै वहिर्गमन भिसा प्राप्त गरेकामध्ये करिव २ सय ५० बढी नेपाली चार्टर्ड उडानबाट स्वदेश फिर्ता समेत भएका छन् ।