Loading... आजः २० बैशाख २०८१, बिहीबार

पार्टी रुपान्त्रण अभियानमा गाँउ फर्के माओबादी


सुर्खेत – नेकपा माओवादी केन्द्र आफ्नो रुपान्तरण अभियानमा छ । भदौ १६ गतेदेखि माओवादी केन्द्रले देशव्यापी रुपमा ‘जनतासँग माओवादी रुपान्तरण अभियान’ थालेसँगै कर्णालीमा युद्धकालको बेलाको जस्तै अहिले फेरी माओबादीका नेता तथा कार्यकर्ताहरु गाँउ गाँउ पुगेका छन् । कर्णाली प्रदेशलाई आफ्नो आधार इलाका मान्दै आएको माओबादीले पछिल्लो समय सांगाठानिक रुपमा ओरालो लाग्ने अवस्थामा छ । तत्कालिन नेकपा माओबादीले थालेको दश बर्षे सशष्त्र द्धन्द्धमा कर्णालीका रुकुम, रोल्पा लगायतका विकट जिल्लाहरुबाट व्यापक जनसहभागिता बटुलेर निकै ठुलो क्षेती बेहोरेको माओबादीले फेरी एक पटक पुरानै साख बचाउने दाउमा छ ।
नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं सुर्खेत जिल्ला इन्चार्ज महेन्द्रबहादुर शाहीले जनतामा पुरानै अवस्थाको माओबादीको उत्साह भेटिएको बताए । सुर्खेतदेखी कालिकोटका गाँउ गाँउसम्म बिभिन्न कार्यक्रममा सहभागि बनेका कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री समेत रहेका नेता शाहीले पाटी नेतृत्वको सरकारले गरेका जनपक्षिय कामहरु र आगामी दिनमा माओबादी केन्द्रले गर्नुपर्ने कामका बिषयमा जनताका बीचमा राख्न आफुहरु गाँउ केन्द्रीत भएको बताए । उनले भने, अभियानका सुरुवातका दिनहरु नै निकै उत्साह देखिएको छ । व्यापक रुपमा कर्णालीमा नेता तथा कार्यकर्ताहरु गाँउ गाँउमा खटिएका छन् । जनताको घरदैलोमा पुगेर जनताका समस्या सुन्ने, सहयोग गर्ने जस्ता कामहरुले पाटीको संगठन निर्माणले पनि गति लिएको छ ।
उनले कर्णाली प्रदेश जनयुद्धका बेला जस्तै अहिले पनि माओबादी केन्द्रको पटक भएको प्रदेश रहेको बताए । उनले भने, कर्णालीमा अझै पनि जनताको आशा भरोषा माओबादी प्रति नै छ । पाटी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले गरेका कामहरुले पनि ग्रामिण स्तरका नागरिकहरुमा माओबादीसँगै केही गर्छन की भन्ने आशा पलाएको छ । यसले पाटीलाई निकै उर्जा थपेको छ । हामी खासगरी कर्णालीमा भएको माओबादीको शक्तिलाई जोगाउने र बढाउने अभियानमा छौँ । तीन महिनासम्म नागरिकहरुसँग जोडिएर काम गर्नेगरी गाँउ फर्किएका माओवादी कर्णालीमा बाटाघाटा, मन्दीरका फिल्ड निर्माण जस्ता सामाजिक कार्यमा पनि लागिरहेका छन् । अखिल क्रान्तिकारीकी केन्द्रीय सचिव तिर्सना हमालले जुम्लामा पार्टीका नेता तथा कार्यकर्ताहरु बिभिन्न सामाजिक कामसँगै पार्टीको संगठन निर्माण अभियानमा लागिरहेको बताईन् । उनले भनिन्, अहिले संचालन भईरहेको पार्टी रुपान्त्रण अभियानले गाँउमा निकै उत्साह देखिएको छ । पार्टी पंतिमा सक्रियता पनि बढेको छ ।
२०६४ सालको निर्बाचनमा कर्णालीमा माओबादीको ब्रच्वासो थियो । कर्णालीका विकट जिल्ला रुकुम, रोल्पा, जुम्ला, कालिकोट, मुगु जस्ता जिल्लाहरुमा गाँउमा माओबाद िबाहेक अन्य पार्टीको मान्छेहरु कमै द्खिन्थ्ये । चुनावमा गाँउमा अन्य पार्टीका उम्मेद्वारहरु पनि प्रचार गर्न जान नसक्ने अबस्था थियो । तर २०७० को निर्वाचनपछि खस्किएको पार्टीको अवस्थालाई अभियान मार्फत् सुधार गर्ने गरी गाँउ केन्द्रीत भएको मुगुमा अभियानको नेतृत्व गरिरहेकी नेकपा माओबादी केन्द्रीय सदस्य गोमा कुंवरले बताईन् । उनले अभियान अन्तरगत सबै तहका नेतालाई गाउँ–गाउँमा केन्द्रित गरेको छ । कर्णालीमा पार्टी कम्जोर होईन् । पार्टी भित्रकै केही कम्जोरीले संगठन कम्जोर जस्तो देखिएको हो । अहिले संचालन भईरहेको रुपान्त्रण अभियानले संगठनलाई थप मजभुत बनाएको छ ।
अभियान अन्तरगत कर्णालीमा माओवादी केन्द्रले वडाहरुमा खटाएका प्रतिनिधिहरुले संगठन सुधार तथा विस्तारदेखि समस्या समाधान तथा विभिन्न विषयहरुमा बहस र अन्तरक्रियासँगै सरसफाइ तथा बाटाघाटा, सडक मर्मतका कार्यक्रममा जनश्रमदान गरिरहेका छन् । घरघरमा माओवादी, जनजनमा माओवादी’को नाराका साथ माओवादी केन्द्रले सुरुवात गरेको ३ महिने अभियानमा केन्द्रीय नेतृत्वलाई नै वटा तहसम्म पठाएर मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने र पार्टी संगठनमा युवापुस्ताको आकर्षण बढाउने लक्ष्य रहेको माओबादी केन्द्र कालिकोटका संयोजक एवं केन्द्रीय सदस्य लक्ष्मीप्रसाद चौलागाईले बताए । यो अभियान मार्फत सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका काम कारबाहीहरुको जानकारी गराउने उनको भनाइ छ ।
देशमा संघीयताको एजेण्डा माओवादी केन्द्रको हो । माओवादी केन्द्रले उठाएको विकेन्द्रीकरणको मुद्दा अनुसार देशमा संघीयता स्थापना भई कार्यान्वयनमा आएको छ । नेकपा माओबादी केन्द्रका नेता एवं कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले भने, उक्त एजेण्डाको स्वामित्व स्थापित गराउन माओवादी केन्द्रले अभियानमार्फत जनस्तरसम्म बुझाउने काम भएको छ । उनले भने, माओवादी पार्टीले उठान गरेको युवा र जनजीविकाको एजेण्डालाई निरन्तरता दिन नसक्दा समस्या भएको हो । विगतका जनमत र राजनीतिक परिवर्तनबाट माओवादीले नै जनताका मुद्दालाई उठान गरेर कार्यान्वयन गरेको प्रस्ट हुने उनले बताए । अहिलेको संसदीय राजनीतिको बहावमा समाहित हुँदा जहाँ जे भेटियो त्यसमा माओवादीको पनि संलग्नता रहेको उनले बताए ।