Loading... आजः २० बैशाख २०८१, बिहीबार

एमालेको प्रदेश कमिटिमा दश प्रतिशत युवा सहभागिता हुन्छ –प्रदेश ईन्चार्ज भट्ट


सुर्खेत – नेकपा एमालेका सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टीको कर्णाली प्रदेश समितिमा दश प्रतिशत युवाको सहभागिता सुनिश्चित गरिने बताएका छन् । बिहिबार सुर्खेतको वीरेन्द्रनगरमा नेकपा एमाले कर्णाली प्रदेश कमिटिले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश इन्चार्ज भट्टले यस्तो बताएका हुन् ।
आगामी असोज १० र ११ गते हुने प्रथम प्रदेश अधिबेशनको लोगो सार्वजनिक गर्दै उनले अधिवेशनका लागि छनौट भएका प्रतिनिधि मध्ये एक तिहाई महिलाको संख्या अनिवार्य गरिएको समेत बताए । प्रदेश इन्चार्ज भट्टले प्रथम कर्णाली प्रदेश अधिवेशनका लागि ६ सय ५० जना प्रतिनिधि तोकिएका मध्ये दलित, आदीबासी जनजाती, अल्पसंख्यकलाई प्रमुख प्राथमिकता राखिएको बताए । लुम्बिनी प्रदेशमा भएको अधिवेशनलाई गुटगत रुपमा चर्चा गर्न नमिल्ने भन्दै उनले एमाले लोकतान्त्रिक पार्टी भएकाले कर्णाली प्रदेशमा समेत प्रतिस्पर्धाको आधारमा कमिटि निर्वाचित हुने बताए ।
उनले लोकतान्त्रिक परिपाटीमा पतिस्पर्धा गर्ने अधिकार सबैलाई भएकाले कर्णालीमा नेतृत्वका आकांक्षी धेरै हुनु स्वाभाविक भएको बताए । कार्यक्रममा एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले प्रथम कर्णाली प्रदेश अधिवेशनको उद्घाटन पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट गर्ने तयारी भईरहेको बताए । उनले उद्घाटन सत्रमा कर्णाली प्रदेश कमिटिको मुखपत्र ‘कर्णाली’ समेत सार्वजनिक गरिने बताए ।
को को छन् प्रदेश अध्यक्षका आकांक्षि
नेकपा एमालेको असोज १० गतेदेखी सुरु हुने कर्णाली प्रदेश अधिवेशनमा नेतृत्वको रेसमा धेरै नेताहरु लागिरहेका छन् । यहाँ अधिवेशनबाट चुनिने नेतृत्वप्रति धेरैको चासो छ । एमाले कर्णालीको नेतृत्वका लागि १० जनाभन्दा धेरैले आकांक्षा व्यक्त गरेका छन् । यहाँ पनि लुम्बिनीमा जस्तै प्रदेशको नेतृत्वका लागि केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल समूहबीच प्रतिस्पर्धा हुने संकेत देखिएको छ ।
कर्णालीमा प्रदेश अध्यक्षका लागि कालिकोटका मीनबहादुर शाही, नगिन्द्र शाही(नेशनल), दैलेखका विष्णु रिजाल, राजबहादुर बुढा, जाजरकोटका भैरवसुन्दर श्रेष्ठ, नीरज आचार्य सुर्खेतका नवराज रावत, ध्रुव शाही, हुम्लाका दल रावल, मुगुका मोहन बाँनिया, दैलेखका विनोद शाह (हाल प्रदेश अध्यक्ष) पूर्वसभामुख राजबहादुर शाहीलगायत नेताहरूले लबिङ गरिरहेका छन् । कर्णाली प्रदेशबाट एमालेमा ३० जना केन्द्रीय सदस्य छन् । कार्यकारी भूमिका हुने भएकाले पोलिटब्युरो सदस्यसमेतले प्रदेश अध्यक्ष बन्ने रहर गरिरहेका छन् ।
पोलिटब्युरो सदस्य गुलावजंग शाह र लक्ष्मीप्रसाद पोखरेलले प्रदेश अध्यक्ष बन्नका लागि चाहना राखेको एमालेका प्रदेश स्तरीय नेताहरूले बताउँछन् । कर्णालीमा पौडेल गुटको नेतृत्व स्थायी कमिटी सदस्य यामलाल कँडेलले गरिरहेका छन् भने अर्का स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीले पोखरेल गुट चलाइरहेका छन् । कर्णाली एमालेमा कँडेल र बोगटीबीचको रस्साकस्सीले सर्वसम्मत नेतृत्व चुनिने सम्भावन कम छ । एमालेले जनप्रतिनिधिलाई पार्टी संगठनको कार्यकारी जिम्मेवारीमा नराख्ने नीति लिएको छ । जसले धेरै आकांक्षीको बाटो नै छेकिने सम्भावना छ ।
पार्टीको प्रदेश र जिल्ला कमिटीको कार्यकारी पदमा जनप्रतिनिधिलाई उम्मेदवार बन्न रोक लगाएका कारणले पार्टीको प्रदेश अध्यक्षका आंकाक्षी दैलेखका विनोद शाह र जाजरकोटका भैरवसुन्दर श्रेष्ठ अध्यक्ष हुन पाउने छैनन् । श्रेष्ठ राष्ट्रियसभाका प्रमुख सचेतक हुन भने शाह कर्णाली प्रदेशसभाका सदस्य रहेका छन् । त्यस्तै, प्रदेश कमिटी र जिल्ला कमिटीको अबको अधिवेशनमा केन्द्र र प्रदेशका सांसद, मेयर र उपमेयर तथा पालिकाका अध्यक्ष र उपाध्यक्ष कार्यकारी पदको उम्मेदवार बन्न पाउने छैनन् । एमालेका जिल्ला र प्रदेशका अध्यक्ष, सचिव र पदाधिकारी भएका थुप्रै नेता सांसद र स्थानीय तहका जनप्रतिनिधि छन् । एमालेका केन्द्रीय सदस्य तथा प्रदेश अध्यक्षका आंकाक्षी तथा हुम्ला जिल्ला ईन्चार्ज नगिन्द्र शाही (नेशनल) ले सहमतिमा नै नेतृत्वको चयनका लागि प्रयास भईरहेको बताए । उनले भने, ‘त्यसका लागि हामी सकेसम्म सर्वसम्मति गर्ने प्रयास गरिरहेका छौँ ।