Loading... आजः १८ बैशाख २०८१, मंगलवार

चन्द्र भण्डारीसहित ८ जनालाई देउवाले गरे केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय समितिमा मनोनीत गरेका छन्। बिहीबार कांग्रेस केन्द्रीय समितिको बैठक अगाडि नै महामन्त्री गगन थापाले गुल्मीका डा. चन्द्र भण्डारीसहित ८ जनालाई केन्द्रीय समितिमा मनोनित गरेको जानकारी दिए।

उनका अनुसार सभापति देउवाले कांग्रेस विधानको धारा २१ को उपधारा १० बमोजिम बिहीबार ८ जनालाई केन्द्रीय समितिमा मनोनित गरेका हुन्। मनोनित हुनहरुमा गुल्मीका भण्डारी, काभ्रेका शिवप्रसाद हुमागाई, अर्घाखाँचीका मानबहादुर विश्वकर्मा, पर्वतका अर्जुनप्रसाद जोशी, बागलुङका किरणराज शर्मा पौडेल, रुपन्देहीका भरतकुमार शाह, कास्कीका शारदा पौडेल र पर्साका अनिलकुमार रुंगटा रहेका छन्।

देउवाले मनोनित गरेकामध्ये ५ जना संस्थापन पक्षका र ३ केन्द्रीय सदस्यहरु भण्डारी, हुमागाई र पौडेल इतर समूहका हुन्।