Loading... आजः १८ बैशाख २०८१, मंगलवार

जुता चप्पल व्यवसायी संघको महासचिवमा संज्याल निर्बाचित

नेपालगञ्ज – नेपालगञ्ज जुत्ता चप्पल व्यवसायी संघका महासचिवमा सफल युवा व्यवसायी कुलराज संज्याल निर्बाचित भएका छन् । शनिबार भएको संघको पाँचौ चुनावी साधारण सभाबाट कालिकोटबाट नेपालगञ्ज गएर जुत्ता चप्पल व्यवसाय गर्दै आएका संजाल महासचिव पदमा निर्बाचित भएका हुन् ।
सामान्य परिवारमा जन्मीएर कालापाहाड गएर कमाएको पैसाले व्यपार व्यपास सुरुवात गरेका इमान्दार, लगनशील व्यवसायी संजाल व्यवसायीक क्षेत्रमा नाम र इमानका साथै व्यवसायीक नेतृत्व पनि स्थापित भएका छन् । उनले आफु संघको महासचिव भएपछि व्यवसायीक हितका साथै उपभोक्ताको हितलाई पनि मुख्य प्राथमिक्ता दिएर काम गर्ने बताए । उनले भने, व्यवसाय कमाउन र समाजका लागि केही गर्नका लागि हो । नेपालगञ्ज जुत्ता चप्पल व्यवसायी संघले पनि व्यवसायीक हितका साथै उपभोक्ताको हितलाई पनि मुख्य प्राथमिक्तामा राखेर आफ्ना सामाजिक कामहरुलाई प्रभावकारी ढंगले अगाडी बढाउनेछ ।
यस्तै संघको अध्यक्षमा कविराम जैसी, उपाध्यक्षमा इश्वरी पौड्याल, महासचिवमा संज्याल, उपमहासचिवमा अकवाल हुसेन मिया, सदस्यहरुमा अलोक सिंह, डम्बरबहादुर धामी, रामप्रसाद ढकाल, सम्शेर चन्द, सरिता शर्मा, दुर्गा शाही, कृष्णाकुमारी शाही, अजिज अहमत सिद्दिकी र गुलाम हुसेन शेक निर्बाचित भएका छन् ।