Loading... आजः १२ बैशाख २०८१, बुधबार

गजल-भोक खाएका छन् अभाव बिछ्याएका छन

भोक खाएका छन् अभाव बिछ्याएका छन्

मुस्कुराउनेहरु यसरी पनि मुस्कुराएका छन्!

जिवित छ ढुङ्गालाई देवता भन्ने मानसिकता
मान्छेहरुले भौतिक संरचना भत्काएका छन्

यो दुनियाँले हिरा भेटियो भन्दै भ्रम फैलायो
यहाँ काँचका टुक्रा घामले जगमगाएका छन्

कोहि निदाउदैनन, आमाको काखमा पनि,
कैयौं टुहुरा बच्चाहरु सडकमै निदाएका छन्

उनिहरुकै मन सबैभन्दा फोहोर र दुर्गन्धित छ
जसले अनुहार चन्द्रमा जस्तो सजाएका छन्!

B-yबिमला बिकिरर्ण कालिकोट