Loading... आजः १८ बैशाख २०८१, मंगलवार

मन्त्री जिसीले गरिदिए विपन्न परिवारको स्वास्थ्य बिमा

सुर्खेत –  कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीले सुर्खेतको सडक पेटीमा जुत्ता सिलाएर गुजारा चलाउदै आएका विपन्न परिवारको स्वास्थ्य बिमा गरिदिएका छन् ।

मन्त्री जिसीले आफ्नै खर्चमा स्वास्थ्य बिमा बनाईदिएर स्वास्थ्य बिमा परिचय पत्र विपन्न परिवारलाई हस्तान्तरण गरेका हुनु । पूर्व जनमुक्ति सेना समेत रहेका हाल सुर्खेत सडक पेटीमा जुत्ता सिलाउने काम गर्दै आएका ऐविन कुमार सार्कीको परिवारको स्वास्थ्य विमा मन्त्री जिसीले आफ्नै पहलमा बनाईदिएका हुन् । ऐविन सार्की सहित श्रीमती डिला सार्की छोराछोरीहरु पुस्कर सार्की, दिलमाया सार्की र पार्वती सार्कीको संयुक्तरुपमा स्वास्थ्य बिमा बनेको हो ।

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका ९ बाट हाल वीरेन्द्रनगर सुर्खेतमा बसेर सडक पेटीमा जुत्ता सिलाउने काम गरेर सार्कीले आफ्नो जिबिका चलाउदै आएका छन् । मन्त्रीले स्वास्थ्य बिमा बनाईदिए पछि ऐविन कुमार सार्कीले खुसि व्यक्त गर्दै अब उपचारमा सजिलो हुने बताए ।

‘सडक पेटीमा जुत्ता सिलाईको काम गरेर सुर्खेतमा पाँच जनाको परिवार पाल्ने, केटाकेटी पढाउने काम गर्न समस्या भईरहेको छ, हाम्रा कानुन मन्त्री ज्यूले स्वास्थ्य बिमा बनाईदिनु भएको छ ।’ सार्कीले भने, ‘मन्त्री ज्यू जनयुद्धमा हाम्रो कमाण्डर पनि हो, अहिले पनि सरकारमा भएर पनि कमाण्डर जस्तै भएर काम गर्नु भएको छ, मलाई असाध्यै खुसी लागेको छ ।’