Loading... आजः १८ बैशाख २०८१, मंगलवार

सडक निर्माणमा चरम लाप्रबाही भएको भन्दै नागरिक आन्दोलित

सुर्खेत – निर्माण व्यवसायीको चरम लाप्रबाहीका कारण सडक कालोपत्रेको काम अलपत्र परेको भन्दै सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको लाटिकोईलीका स्थानिय नागरिकहरु आन्दोलित भएका छन् । जुन आन्दोलनका कारण बिहिबार वीरेन्द्रनगर तनावग्रष्त भन्यो । सडकमा बालिएका टाएरको धुँवा र सडक अबरोधले स्थानियको आवतजावत नै प्रभावित भयो । स्थानीय युवाले नेतृत्वको गरेको नागरिक आन्दोलनमा आफ्नो पोशाकमै विद्यार्थीहरु पनि सहभागि भएका थिए । बालबालिका सम्बन्धी कानुनी व्यवस्थाले कुनैपनि किसिमका आन्दोलनमा बालबालिकाहरुलाई प्रयोग गर्न पाईदैन् । तर ती विद्यार्थीहरुले भने सुर्खेतको मंगलगडी चोकदेखी लाटिकोईली कांक्रेबिहार तिर जाने सडक निर्माण व्यवसायीको लाप्रबाहीका कारण कालोपत्रेको काम अलपत्र पर्दा हरेक दिन धुलो धुँवा खाुनपरेको भन्दै आफै सडक आन्दोलनमा सहभागी भए ।
सडक निर्माणको कामलाई अलपत्र पारेर बेखबर रहेका वीरेन्द्रनगरको मंगलगढी–काँक्रेविहार सडक स्तरोन्नती गर्ने ठेकेदारको विरुद्धमा उनीहरुको आन्दोलन केन्द्रीत थियो । उनिहरुले विरोध प्रदर्शन सहित बजार परिक्रमा गरेर उक्त सडकखण्डमा सवारी साधन निषेध गरे । सकारात्मक परिवर्तनका लागि दबाबमूलक बहस कार्यक्रम सहित मंगलगढी चोकमा टायर समेत बालेर विरोध जनाएका थिए । समयमा सडक नहुँदा विद्यालयमा शान्तसँग पढ्ने वातावरणबाट बञ्चित भएको विद्यार्थीले सुनाए । एक जना बिद्यार्थीले भने, स्कुल जाँदा–आउँदा विभिन्न समस्या त छन् नै पढ्ने बेलामा समेत शान्तले पढ्न पाईदैन । यो सडकमा सधै जसो धुलो र पानी पर्दा हिलो हुने समस्याले आफुहरुलाई बिद्यालय जान सधै सास्ती हुने गरेको उनले बताए ।
वीरेन्द्रनगरको मंगलगढी–काँक्रेविहार सडक निर्माणको जिम्मा बाँके कार्यालय ठेगाना रहेको श्रीअमर सिस्ने नेपाल मेगा जेभीले लिएको छ । उक्त कम्पनीले १२ करोड ७६ लाख १५ हजारमा अमर सिस्ने नेपाल मेघा जेभीले वीरेन्द्रनगरको मंगलगढी–काँक्रेविहार सडक कालोपत्रेको ठेक्का लिएको छ । पूर्वाधार विकास निर्देशनालय सुर्खेत र उक्त कम्पनीबीच २०७८ मंसिर १४ गते पहिलो पटक सम्झौता भएको थियो । सम्झौता अनुसार २०८० असार १५ गते उक्त सडक कालोपत्रेको काम सम्पन्न गरिसक्नुपर्ने समय सीमा थियो । तर २०८० मंसिर सकिनै लाग्दा समेत सडक अलपत्र छ ।
काम सुरु भएको ३ वर्षसम्म पनि सडक अलपत्र पारेपछि घरमा बस्न नसकिने अवस्था भएको स्थानीय व्यवसायी दिलबहादुर महताराले बताए । उनले भने, सडकको छेउमा मेरो होटल छ । सडमा हुने धुलो र हिलोका कारण यहाँ आएर खाजा खान ग्राहक मान्दैनन् । सडकको धुलो भान्छासम्म पुग्ने हुँदा यहाँका होटलहरुमा ग्राहक नै आउन छाडे । यो सडकले त हामी जस्ता व्यवसायीहरुको आयआर्जन समेत बन्द गरिदियो । यहाँ बस्दा आफुहरुलाई पनि निकै असहज भएको उनले बताए । सडक स्तरोन्नतीका क्रममा सडक क्षेत्रभित्रका ३६ घर टहरा भत्काइएको छ । सडक कालोपत्रे नगरेर बिचैमा ठेकेदार भागेपछि ३ वर्षदेखि सडक धुलाम्मे र हिलाम्मे भईरहेको छ । सडक पूर्वाधार निर्देशनालय सुर्खेतका अनुसार यो सडकमा २५ मिटर चौडाइ, दुई मिटर फुटपाथ सहितको कालोपत्रे बनाईने डिजाइनमा छ ।
सम्बन्धित फोटा