Loading... आजः १२ बैशाख २०८१, बुधबार

सानो लापरबाहीले मिर्गौला बिग्रिन सक्छ, स्वास्थ्यप्रति सचेत बनौं : पूर्वप्रधानमन्त्री ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सानो लापरबाहीले मिर्गौला बिग्रिन सक्ने बताएका छन्। विश्व मिर्गौला दिवसको अवसरमा आज उनले मिर्गौला प्रत्यारोपण गर्नु धेरै जटिल काम भएको बताएका हुन्।

मिर्गौला दिवससँग भावनात्मक अनुभूति भएको बताउँदै उनले आफूले दुई पटक मिर्गौला प्रत्यारोपण गरिसकेको जानकारी गराए। ‘आज विश्व मिर्गौला दिवस। मिर्गौला दिवससँग मेरो भावनात्मक अनुभूति छ। किनभने मैले दुई पटक मिर्गौला प्रत्यारोपण गरिसकेको छु। उनले भने,‘हाम्रो सानो लापरबाहीले मिर्गौला बिग्रिन सक्छ। जब मिर्गौला बिग्रिन्छ, तब जीवन कष्टकर बन्छ। प्रत्यारोपण गर्नु धेरै जटिल काम हो।’

ओलीले डाइलासिस् गरेर रोकथाम गर्नु पनि झन्झटिलो रहेको बताए। डाइलासिस्  अल्पकालीन रोकथाम मात्र भएको भन्दै उनले मिर्गौला जोगाउन आफैं सजग हुन सुझाव दिए।

‘डाइलासिस् गरेर रोकथाम गर्नु पनि झन्झटिलो छ। हामी सरकारमा हुँदा डाइलासिस् निःशुल्क गर्ने कार्यक्रम ल्याएका थियौं।’ पूर्वप्रधानमन्त्री ओलीले भने, ‘मिर्गौला जोगाउन हामी आफैं सजग हुनु पर्छ, डाइलासिस् त अल्पकालीन रोकथाम मात्र हो। स्वास्थ्यप्रति सचेत बनौं, मिर्गौला जोगाऔं।’

विश्व मिर्गौला दिवस प्रत्येक वर्ष अंग्रेजी क्यालेन्डर अनुसार मार्च महिनाको दोस्रो बिहीबार मनाइन्छ। यस वर्षको मूल नारा ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’भन्ने रहेको छ।