Loading... आजः १९ बैशाख २०८१, बुधबार

बस दुर्घटनाहुँदा सवारी चालकको घटनास्थलमै मृत्यु

दैलेख -सुर्खेतबाट दैलेखको जम्भुकाँध जाँदै गरेको ना ३ ख ५५१९ नम्बरको बस दुर्घटनाहुँदा सवारी चालकको घटनास्थलमै मृत्यु भएको छ ।

कर्णाली राजमार्गको तल्लोडुङ्गेश्वर नजिकै सडकमा रोकिएको टिप्परमा बस ठोक्किदा वीरेन्द्रनगर नगरपालिका घर भएका चालक ललित नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।

उनकाअनुसार बसमा सवार १४ जना यात्रु घाइते छन् । उनीहरुको अवस्था सामान्य रहेको र स्थानीय मेडिकलमा उपचार भइरहेकाे डिएसपी श्रेष्ठको भनाई छ ।

बसकाे ब्रेकफेल भएर सडक किनारामा राेकिएकाे टिप्परमा ठाेकिएकाे प्रारम्भीक अनुसन्धानबाट खुलेका श्रेष्ठले बताए । घटनाबारे थप अनुसन्धान गर्न प्रहरी घटनास्थलमै रहेकाे श्रेष्ठले जनाए ।