Loading... आजः १४ बैशाख २०८१, शुक्रबार

राँचुलीमा आग्लागी १२ वटा घर जलेर नष्ट

कालीकोट,  जिल्लाको तिलागुफा नगरपालिका वडा नं चारको राँचुलीमा आगलागी हुदा तीन घर परिवारका १२ वटा घर जलेर नष्ट भएका छन । दलित वस्तीमा एक घरवाट सुरु भएको आगो छिमेकी घरमा पनि पुगेर खरको छानाले छोयका तीन घर परिवारका १२ वटा परिवार आगलागीवाट बिस्तापित भएका छन ।

नेकपाका नेता महेन्द्रवहादुर शाहीका अनुसार एक घरमा आगलागी भयो । संगै जोडिएका तीन घर परिवारका १२ वटा घर जलेर पुरै नष्ट भएका छन । दलित समुदायका परिवार संख्या बृद्धी भएपछि तीन परिवारका सदस्यले आ आफ्ना छुट्टा छुट्टै घर वनाएका थिए । तिनै घरमा आगलागी भएपछि अहिले त्यो परिवार घरवार बिहिन भएको छ ।

जिल्ला प्रहरी कार्यालय कालीकोटले पनि संगोल तीन घरका परिवार बिभाजन भएर १२ परिवारमा बृद्धी भएका र तिनै समवै परिवार वस्दै आएका घर चलेर नष्ट भएका छन । जिल्ला प्रहरी कार्यालय कालीकोट प्रहरी निरिक्षक भुपेन्द्रवहादुर शाहीले तीन वटा घरमा १२ घर परिवार वस्दै आएको वताउनुभयो । प्रहरी निरिक्षक शाहीले बिउरी बिकको घरको भान्छावाट आगो सुरु भएको र फलामको धुवा निष्कासन पाइपवाट आगोको झिल्का अर्को घरको खरको छानोमा पुगेपछि आगलागी भएको वताउनुभयो ।

 

आगलागीवाट मानविय क्षदी नभएपनि कुल विकका दुई गाई जलेर मरेका छन । अन्य सम्पतीको प्रहरी एकिन गरिरहेको जनाईएको छ । तिलगुफा नगरपालिकाले आगलागीको् जोखिमलाई मध्यनजर गदै सबै खरका छाना हटाएर टिनका छाना वनाउने निति लिएको भएपनि हाल सम्म कुनै पनि वडामा काम हुन नसक्दा पनि दलित समुदाय आगलागीको मारको परेका वताईएको छ ।