Loading... आजः २१ मंसिर २०८२, आईतवार

माधव,प्रचण्ड पदकालागि दौडे अरुकसैले उनका पछाडि दौड्नु पर्ने आवश्यक छैन केनिद्रय सदस्य शाही

ललित बिष्ट कालिकोट- माधव कुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड पदका लागि दौडेपनि यहाँका नेता कार्यक्रताहरुले उनका पछाडि दौडने काम राजनितिक मुल्यमान्यता सँगको संगति नहुने नेपाल कम्यूनिष्ट पार्टिका केन्द्रिय सदस्य नगेन्द्र शाही नेष्नलले बताउनु भयो ।कालिकोट जिल्लाको शुभकालिका गाउपालिका अन्तरगत सुकाटियामा आज सम्पन्न कार्यक्रता अगुवा कार्यक्रममा सो कुरा बताउनु भएको हो ।

 

गाउकमिटिका सचिवालय सदस्य दत्तबहादुर शाही दिनेशको अध्यक्षतामा सञ्चालन भएको अगुवा कार्यक्रता भेलामा नेकपाका केन्द्रिय सदस्य नगेन्द्र शाही नेष्नलको प्रमुख आतिथ्यता, राष्ट्रिय योजना आयोगका सदस्य तथा नेकपाका केन्द्रिय सदस्य मिनबहादुर शाहीको बिषेस आथित्यता रहेको कार्यक्रममा केन्द्रिय सदस्य राजेन्द्र थापा, जिल्ला बालसंगठनका सभापति हिरे सुनार जिल्ला कमिटि सचिवालय सदस्य रत्न बिश्वकर्मा, जिल्ला कमिटि सदस्य तथा वडाअध्यक्ष धनबहादुर शाही, प्रेस संगठनका सचिवालय सदस्य रमेश सोनि लगाएतका नेता कार्यक्रताहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।

 

 

 

कार्यक्रमका बिषेस अतिथि समेत रहनुभएका राष्ट्रिय योजना आयोगका सदस्य तथा प्रवक्ता मिनबहादुर शाहीले इगित गर्दै भन्नु भयो, स्थानिय तह भनेको सत्ता होइन स्थानिय सरकार हो, जसको दायित्व कर्तब्य भनेको आधारभुत सेवा प्रवाह गर्नु भएकोले स्थानिय तहमा आउने श्रोत साधन राज्यको भएकाले कसैले दाइजो ठानि बित्तिय अनुसाषन उलंघन गर्यो भने कार्वाहि हुने बताउनु भयो ।

 

 

उहाँले फेरि भन्नु भयो प्रधानमन्त्रि केपि शर्मा वलिले संसद बिगठन गर्नु भनेको लोकतान्त्रिक प्रक्रिया भित्रको बिधि संवद सैवैधानिक कदम भएकाले कोहि पनि नहउसिन अनुरोध गर्नु भयो, यदि प्रत्येक दिन र साँझ हउसिदै राँकेजुलुस गर्नु चरित्रहिन कार्य रहेको बताउनु भयो ।

 

 

जनताको जनवोलि कपि शर्मा वलि आफनै स्वास्थ्यका लागि खतराका संकेत नथापाई अरुको लहलहैमा सहभागि भइ समय बिताउनु भनेको आफनै खुटामा बन्चरो हान्नु बताउनु भयो । कार्यक्रममा सहभागि नेकपाका युवा नेता कर्ण चौलागाईले अब शुभकालिकामा कसैले पाखुराको भरमा राजनितिक गरेर स्थानिय सरकारको बजेटलाई आफनो गोजिको बजेट जस्तो ठानि आफना आफन्त नातेदारलाई बाँड्दै जाने प्रथाको बिरुद्ध सिंगो शुभकालिका बासिले आवाज उठाउने बताउनु भयो । कार्यक्रममा जिल्ला वाल संगठनका सभापति तथा नेकपाका नेता हिरे सुनारले दलितलाई प्रयोग गरेर बिगतका चुनाव जिते पनि अबका दिनमा भ्रष्टचारि नेता र नैतिक पतन नेतालाई जनताले चिनिसकेकाले गाउबाट बस्तिबाट पन्छाउदै जानु पर्ने बताउनु भयो । कार्यक्रममा नेकपा समर्थक नेता कार्यक्रताहरुको बाक्लो सहभागिता रहेको त्यहाँबाट प्रदिप चौलागाईले जानकारि दिनु भएको छ ।