Loading... आजः २१ मंसिर २०८२, आईतवार

अनेरास्ववियुकाे ज्ञापनपत्र ट्राफिकलाई ।

 ललित बिष्ट कालिकोट /  (अनेरास्ववियु) जिल्ला कमिटी कालिकोटले जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोट लाई ज्ञापन पत्र वुझाएको छ ।

 

कालिकोटका जिल्लाकाका बिभिन्न स्थानीय  तहका सरकारी मोटर साईकलहरुको चरम दुरुप  योग भएको भन्दै यसलाई नियन्त्रण गर्न जिल्ला ट्राफिक कार्यालयको ध्यानकार्षण गरेको जनाएको छ ।

 

 

अनेरास्ववियु कालिकोट जिल्ला संयोजक धर्म ब शाही ,सह–संयोजक मिनराज न्यौपाने ,केन्द्रिय सदस्य रबिन्द्र शाही ,कार्यालय सदस्य रमेश शाही ,सचिवालय सदस्य राजकुमार शाही युवा नेता गगन बोगटी ,ज्ञानेन्द्र शाही को सहभागीता रहेको थियो ।

 

 

 

कार्यक्रममा हरेक खालका सामाजिक बिकृती लाई पुरै रुपमा निर्मुल पार्न अनेरास्ववियु निरन्तर रुपमा लागिपर्ने जानकारी ज्ञापनपत्रमा गरीएकाे छ।