पत्रकार रावल सम्मानित।
कालिकोट ः नयाँ पत्रिका दैनिक र शिलापत्र डटकमका पत्रकार रमेश रावल सहकारी पत्रकारित२०७७ बाट सम्मानित भएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा रहेको आदर्श ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाले उनलाई सम्मान गरेको हो ।
पत्रकार रावल सुर्खेतबाट प्रकाशित काँक्रेविहार दैनिक पत्रिकामा समेत आवद्ध छन् ।रावललाई नगद, प्रमाणपत्र र दोसल्लाह ओढाएर सम्मान गरिएको थियो । उक्त सम्मानले सहकारी पत्रकारितामा थप जिम्मेवार र कर्तव्यबोध गराएको पत्रकार रावलले जानकारी दिए ।
कालीकोटमा लामो समयदेखि पत्रकारिता गरेका रावल करिब ढेड वर्षदेखि सुर्खेतबाट पत्रकारिता गर्दै आएका छन् । साभार









ई-कर्णाली खबर
२८ पुष २०७७, मंगलवार १२:१२