Loading... आजः २२ मंसिर २०८२, सोमबार

मल्लकाे अन्त्यष्टी पार्थिव शरिरमा नेकपाको झण्डा

 कालिकोट- /खाँडाचक्र नगरपालिका –९ का अध्यक्ष एवम नेकपाका जिल्ला कमिटि सदस्य गोविन्द बहादुर मल्लका पिता चक्रबहादुर मल्लको आज तिला नदिमा अन्त्यष्टी गरिएको छ ।

 

 

समोबार विहान आफ्नै घर पाँखामा ९२ बर्षको उमेरमा निधन हुनु भएका स्वर्गीय मल्ललको आफ्नै चिहान तलसेरको तिला नदीमा अन्त्यष्टी गरिएको हो । अन्त्यष्टी गर्नु पूर्व नेकपाका केन्द्रीय सदस्य नगिन्द्र शाही नेशनलले पार्टीको झण्डा ओढाएर अन्त्यष्टी गर्नुभएको हो ।

 

पुराना चुलिखला मोखिया भनेर चिनिने मल्लको अन्त्यष्टी कार्यक्रममा नेकपा केन्द्रीय सदस्य शाहीले मल्लको निधनले पार्टीलाई अपुरणीय क्षेति पगेको भन्दै श्रद्धाञ्जली अर्पण गर्नु भएको छ ।

 

अन्तेष्टी कार्यक्रममा नेकपा खाडाचक्र नगर कमिटिी अध्यक्ष एवम जिल्ला कमिटी सचिवालय सदस्य तुलाराज मल्ल,खाँडाचक्र नगर प्रमुख जसीप्रसाद पाण्डे,नेकपा नेता पुत्रबहादुर मल्ल,रजवहादुर मल्ल, आदिचन्द्र चौलागाँई, प्रेस संगठन नेपालका केन्द्रीय सदस्य कालीबहादुर मल्ल,नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष दिपवहादुर शाही लगाएतको उपस्थि रहेको थियो ।