जनप्रतीनिधी जनताको सेवक नभई शाषक भएको नेता शाहीको आरोप
ललित बिष्ट कालिकोट / पाँच बर्षका लागि देश चलाउने जिम्मा पाएको नेकपाले ३ बर्षमै घर झकडामा लागेका कम्यूनिष्टले देशलाई काँग्रेसको जिम्मा लगाएको नेता भुपेन्द जङ शाहीले बताउनु भयो ।
कार्यक्रम कर्णाली संम्बादमा जन्तालाई सम्बोधन र्गदै जनताले गरेको सम्मानलाई नेकपाले अपमान गरेको हुदा अव नेपाली काँग्रेसलाई सहयोग गरी बिकासको जिम्मा दिदा नेपाली काँग्रेसकाले बिकास गर्ने बताउनु भयो ।
कालिकोटमा जन्ताले मतदिएर बनाएका जनप्रतीनिधी आफु ठुलो भएको भन्दै जनता प्रति सेवक होइन शाषक भएको आरोप लगाउनु भयो ।नेपाली काँग्रेसले गाउँ गाउँमा गएर बिकास गर्नेमा आफु ढुक्क भएकोले सवैलाई ढुक्क हुन अनुरोध र्गनु भयो ।
कालिकोटमा शिक्षा स्वास्थ, रोजगार खानेपानि, सड्क लगायतका धेरै बिकासका काममा आफु लागिपरेको बताउदै अबका दिनमा आफु कुनै पदमा पुग्दा जनतालाई बिकासको अनुभुति दिलाउने गरि बिकासमा लहर लाउने बताउनु भयो । शाहीले अन्तमा पार्टिमा बिचार फरक भएपनि कालिकोटको बिकाशमा मिलेर जानुपर्नेमा जोड दिनु भयो ।









ई-कर्णाली खबर
२८ पुष २०७७, मंगलवार १४:५५